सिड्नी।

अष्ट्रेलियाको सिड्नीमा नेपालीहरु मदिराले मातेर कुटाकुट हुदा एक जनाको ज्यान गएको छ । मृत्यु हुने २३ वर्षका युवक हुन् ।
गत मार्च २१ गते हर्जविलको एक पबमा मदिरा पिउने क्रममा सुरु भएको विवाद हात हालाहालको स्थितीमा पुगेको थियो ।
बारमा तीन – तीन जनाको समुहमा रहेका नेपाली युवाबिच कुटाकुट भएपछि सुरक्षा गार्डले उनीहरुलाई बाहिर निकालेका थिए ।
त्यसपछि पनि झगडा नरोकिएपछि भागाभाग गर्ने क्रममा दुइ जना पर्खलाबाट सडकमा लडेका थिए ।
लडेर घाइते भएकाहरुलाई नजिकै रहेको सेन्टजर्ज अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारका क्रममा एक जनाको मंगलबार मृत्यु भएको गैर आवासिय नेपाली संघ अष्ट्रेलियाका प्रवक्ता नन्द गुरुङले जानकारी दिएका छन् ।
घटनामा संलग्न रहेको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने सबै नेपाली हुन् ।
















