एनआरएनए पोर्चुगल : आर्थिक खातापाता सबै हरायो, हिसाबकिताब गोलमाल

लिस्बन।

गैह्र आवसिय नेपाली संघ पोर्चुगलको आर्थिक हिसाबको सबै खातापाता हराएका छन्। संघको नयाँ कार्यसमितिले कार्यभार सम्हालेको ७-७ महिना बितिसक्दा पनि पछिल्लो कार्यसमितिबाट प्राप्त रकम दाखिला हुन सकेको छैन, संघको आर्थिक हिसाबकिताब सबै गोलमाल छन्।

संघको महाधिबेशन पश्चात् २०१७-१९ को कार्यसमितिले आफ्नो सम्पूर्ण हिसाब २०१९-२१ को नयाँ कार्यसमितिलाई बुझाएको थियो । २०१९-२१ को कार्यसमिले पछिल्लो कार्यसमितिबाट सबै कागजपत्र बुझेर कार्यभार सम्हालेपछि सबै खातापाताहरु हराएका छन्।

कार्यसमितिका सदस्यहरुले हरेक बैठकमा संघको आर्थिक गतिविधीहरु र संघको हिसाबकिताब मागेपछि अध्यक्ष तिलक गैरे पन्छिदै आएका छन्। संघका सदस्यहरुले जतिसुकै अनुरोध गर्दापनि संघको हिसाबकिताबको बारेमा नेतृत्व छलफल गर्न कहिल्यै पनि मन्जुर भएको छैन।

संघका कार्यसमितिका सदस्यहरुको लेबी संकलन गर्न कोषाध्यक्ष बिक्रम जंग कुवरले सदस्यहरुमा उर्दी जारी गरेपछि संघको आर्थिक हिसाबकिताबको बिबाद झन् चुलिएको छ। कार्यसमितिका सदस्यहरु संघले हालसम्मको आर्थिक हिसाबकिताब बैठकमा स्पष्टरुपमा पेश नगरुन्जेलसम्म लेबी नतिर्ने अडानमा छन्।

नाम उल्लेख नगरिदिने सर्तमा संघका एक सचिवले भोइस अफ नेपालसँग भने , ” आर्थिक हिसाबकिताब क्लियर नहुन्जेलसम्म लेबी पनि तिर्दैनौ । हामी अझै केही समय कुर्छौ, नेतृत्वले अहिलेसम्मको सबै आर्थिक हिसाबकिताब देखाउन आनाकानी गरेमा पत्रकार सम्मलेन गर्दै सामुहिक राजिनामा दिने तयारीमा छौ। ”

फोटो: एनआरएनए पोर्चुगल फेसबुक पेज।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार