लिस्बन।

पोर्चुगलमा कोरोना भाइरस ( कोविड – १९) बाट संक्रमित हुनेको संख्या ४२६८ पुगेको छ भने हालसम्म ७६ को मृत्यु भएको छ।
कोरोना संक्रमण पछिल्लो २४ घण्टामा थप १६ जनाले ज्यान गुमाएका छन् भने ७२४ जना थप संक्रमित भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा रिकभर हुनेको संख्या शुन्य रहेको छ। हालसम्म कोरोना संक्रमणबाट उपचार पश्चात् निको हुनेको संख्या ४३ यथावत् रहेको छ।
३९९५ को स्वास्थ्य परिक्षण पश्चात् ल्याबको नतिजाको पर्खाइमा छन्। ७१ जना संक्रमितहरुको भेन्टिलेटरमा सधनकक्षमा उपचार भईरहेको छ।
हालसम्म पोर्चुगलको उत्तरी क्षेत्रमा ३३ जना , मध्यक्षेत्रमा १८ जना, लिस्बन र तेजोमा २४ जना र अल्गार्भमा एक जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।
हालसम्म अलेन्तेजो , मदेइरा र असोरेसमा कोरोना संक्रमणबाट मृत्यु भएको रेकर्ड छैन।

# In update