लिस्बन।

पोर्चुगलमा कोरोना भाइरस ( कोविड – १९) बाट संक्रमित हुनेको संख्या ७४४३ पुगेको छ भने हालसम्म १६० को मृत्यु भएको छ।
कोरोना संक्रमण पछिल्लो २४ घण्टामा थप २० जनाले ज्यान गुमाएका छन् भने १०३५ जना थप संक्रमित भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।
संक्रमितहरुमध्ये ६२७ लाई अस्पताल भर्ना गरिएको छ भने १८८ जनाको सघन कक्षमा उपचार भईरहेको छ।
#In Update
















