लिस्बन।

पोर्चुगलमा कोरोना भाइरस ( कोविड – १९) बाट संक्रमित हुनेको संख्या ८२५१ पुगेको छ भने हालसम्म १८७ को मृत्यु भएको छ।
कोरोना संक्रमण पछिल्लो २४ घण्टामा थप २७ जनाले ज्यान गुमाएका छन् भने ८०८ जना थप संक्रमित भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।
कोरोना संक्रमणको उपचारपछि पछिल्लो ६ दिनदेखि रिकभर हुनेको संख्या शुन्य रहेको छ। हालसम्म जम्मा ४३ जना रिकभर भएका छन्।
#IN UPDATE
















