पोर्चुगलबाट नेपाल जाँदा क्वारेन्टाइनमा राखिएका युवामा कोरोना देखिएन !

धनकुटा।

करिब दुईहप्ता अगाडि पोर्चुगलबाट गएका धनकुटाका एक युवकको कोरोना नमुना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

सोमबारदेखि ज्वरो आएर ती युवकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल धनकुटाले जनाएको छ। धरानस्थित विपी कोइराला स्वास्थ्य प्रतिष्ठान र राजधानीको टेकुमा स्वाब परीक्षणमा नेगेटिभ रिपोर्ट आएको जिल्ला अस्पतालका सूचना अधिकारी राजन रेग्मीले जानकारी दिए।

धनकुटा नगरपालिका ८ का ती युवकको स्वाब परीक्षणका लागि सोमबार धरान र काठमाडौं पठाइएको थियो। यस्तै, वैदेशिक रोजगारीबाट आएका जिल्लाका अन्य ३८ जना होम क्वारेन्टाइनमा बसेको जिल्ला प्रशासन कार्यालय धनकुटाका सुचना अधिकारी जयराम श्रेष्ठले जानकारी दिए। उनीहरूलाई सुरक्षाकर्मी र चिकित्कसको प्रत्यक्ष निगरानीमा घरैमा राखिएको बताइएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार