धनगढीको निङ्गलासैनी गुरुकुल संस्कृत विद्यापीठलाई खाद्यान्न सहयोग

धनगढी |

धनगढीको निङ्गलासैनी गुरुकुल संस्कृत विद्यापीठ लाई दाताहरुले खाद्यान्न सहयोग गरेका छन्।

धनगढीका नरोत्तम भट्ट, घनश्याम चौधरी, गम्भीरसिह बोहरा, रंग बहादुर बोहरा, गोरिलाल ओझा लगायतले बुधबार धनगढी उपमहानगरपालिका वडा नम्बर १३ कैलाली गाऊँ स्थित विद्यापीठलाई चामल, तरकारी, चिनि, चियापत्ती, सोडा लगायतका खाद्यान्न सामाग्री सहयोग गरेका हुन्।

लँकडाउनको समयमा खाद्यान्नको अभाव भएपछि दाताहरुले गरेको सहयोग प्रति निग्लासैनी गुरुकुल संस्कृत विद्यापीठका प्रद्यानाध्यापक खगेन्द्रराज अवस्थीले आभार व्यक्त गरे।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार