लिस्बन ।

पोर्चुगलमा थप ३ जना नेपालीलाई कोरोना संक्रमण भएको पुष्टी भएको छ। हाल उनीहरुको कुरी काब्राल अस्पतालमा उपचार भईरहेको छ।
संक्रमित भएका ति तिनै नेपालीको अवस्था सामान्य रहेको बुझिएको छ।
यसअघि पोर्चुगलको फरोमा एक जना र लिस्बनमा ८ जना नेपालीमा कोरोना संक्रमित भएको खबर छ।

जनहितमा जारी संदेश !
अहिलेको महामारीको विषम परिस्थितिमा यदि कसैमा पनि कोरोनाका लक्षणहरु देखिएमा लुकाएर राख्नुभन्दा पनि आफ्ना परिवारमा शेयरिङ्ग गरेर सकेसम्म चाडै स्वास्थ्य उपचार लिनु नै बुद्धिमानी हो। नत्र, एकबाट अर्को हुदै सम्पर्कमा भएका सबैमा संक्रमणको जोखिम बढ्नेछ।
सकेसम्म घरमै बसौं, आफू जोगिऔं , अरुलाई पनि जोगाऔं।
आफुलाई संक्रमणको शंका लागेमा वा कोरोना भाइरसका लक्षण देखिए तुरुन्तै SNS24 को चौबिसै घण्टा उपलब्ध हटलाइन नम्बर ८०८ २४ २४ २४ ( 808242424 ) मा सम्पर्क गरेर परामर्श लिऔं।
















