ईस्टरको समयमा आफु बस्ने नगरपालिका छोड्न निषेध !

लिस्बन।

पोर्चुगलमा यो बर्ष ईस्टरको समयमा आफ्नो आवास भएको नगरपालिका छोड्न नपाईने भएको छ। पोर्चुगलमा रहेका हरेक व्यक्तिले जसको जुन ठाउँको आवास अनुमति छ, त्यही ठाउमा बस्नुपर्नेछ।

प्रधानमन्त्री एन्तोनिओ कोस्टालेले भने, ” यो बर्षको ईस्टर फरक हुनेछ। जो जहाँ छ, उ त्यही बस्नेछ। ईस्टरमा आफु बसेको नगरपालिका छोडन पाउने छैन ” । आजै मात्रै राष्ट्रपतिले आपतकाल अनुमोदनको लागि मन्त्रीमंडलमा पठाएको प्रस्ताव अनुमोदन भएको छ। आज मध्यरातिबाट आपतकाल लम्बिनेछ।

प्रधानमन्त्री एन्तोनिओ कोस्टालेले भने कि , कोरोना रोकथामका लागि अवलम्बन गरिएका नयाँ उपायहरू मान्छेको आवतजावत बन्द गर्नु हो। त्यसैले निवास भएको नगरपालिका बाहिर पुर्तगालीहरूको आवागमनमा रोक लगाईएको हो ।”

अप्रिल ९ देखि १३ सम्म हरेक नागरिकले अत्यावश्यक कामको कारण मात्रै आफु बसेको काउन्सिल छोड्न सक्नेछन् , त्यसको लागि उनीहरुले पहिले नै स्वीकृति लिनुपर्नेछ।

पोर्चुगलमा आपतकाल अवस्थालाई बढाएर अप्रिल १७ सम्म लम्ब्याईएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार