लिस्बन।

पोर्चुगलमा कोरोना भाइरस ( कोविड – १९) बाट संक्रमित हुनेको संख्या ९८८६ पुगेको छ भने हालसम्म २४६ को मृत्यु भएको छ।
कोरोना संक्रमण पछिल्लो २४ घण्टामा थप ३७ जनाले ज्यान गुमाएका छन् भने ८५२ जना थप संक्रमित भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा रिकभर हुनेको संख्या शुन्य हुदै उपचार पश्चात रिकभर हुनेको संख्या ६८ कथावत रहेको छ।
संक्रमितहरुमध्ये जम्मा १०५८ जना मात्रै अस्पतालमा भर्ना गरिएका छन्। भर्ना गरिएका मध्ये २४५ जना इन्सेन्टिभ केयरमा छन्।
५३९२ जनाको कोरोना टेष्ट गरिएको र नतिजाको प्रतिक्षामा छन्।
















