पोर्चुगलबाट नेपाली श्रमिकको प्रधानमन्त्रीलाई खुल्ला पत्र

सम्माननीय प्रधानमन्त्री ज्यु,

सर्वप्रथम त हजुरको सुस्वास्थ्य राम्रै होला भनि अपेक्षा गरेको छु र शुभकामना पनि छ।

विश्वमा नै एउटा ठुलो महामारी रोग फैलिएको छ। चिनको एउटा वुहान शहरबाट कोरोना भाइरस (covid19) शुरु भएर आज विश्वभर नै फैलिएको छ। यस विपत घडिमा राष्ट्र नै सँकटमा परेको छ। विश्व नै लकडाउनको अवस्थामा रहेको छ।

नेपालीहरु रोजगारी, अध्ययन र अन्य विभिन्न कामको सिलसिलामा विश्वभर नै फैलिएको छन् । अहिले नेपालीहरुको के कस्तो अवस्थामा रहेको छ भनेर नेपाल सरकारले विभिन्न दुतावास मार्फत जानकारी लिन जरुरी छ।

नेपालमा हालसम्म यस रोगबाट ठुलो नोक्सानी भएको छैन। विश्वकै राम्रो स्वास्थ्य सेवामा राम्रो भनेर चिनिन्ने इटली शहर निकै ग्रसीत र त्रासको सिर्जना भएको छ र विश्व नै आतंकित भएको छ।

प्रधानमन्त्री ज्यु !

नेपाल सरकारले कडा भन्दा कडा कदम चालेर यस रोगसँग लड्न जरुरी रहेको छ। यस विपत घडिमा उपचार गर्न नमान्ने निजि अस्पताललाई खारेज गरी राष्ट्रियकरण र कार्वाहि गर्न अनुरोध गर्दछु। चिकित्सकहरुलाइ पनि गौशाला बढाइ काममा खटाउन आग्रह गर्दछु। यदि चिकित्सकहरुले आफ्नो जिम्मेवारी पुरा नगरे ति चिकित्सकहरुको लाइसेन्स खारेज गरेर दण्डित गर्नु पर्दछ।

अहिले भष्टचारको जालो निकै बढी रहेको छ। यस्तो अवस्थामा भष्टचार गर्ने जो कोहि लाई पनि राष्ट्रद्रोहको मुद्दा लगाएर कारवाही गर्न माग राख्दछु।

लकडाउनलाई अझ कडाइको साथ लागु गर्न अनुरोध गर्दछु।

पार्टीगत भन्दा पनि राष्ट्रको हितमा काम गर्नु पर्ने हुन्छ। मन्त्रिमण्डल निर्माणमा योग्यता र क्षमतावान अनुसार निर्माण गर्नु होला। नातावाद र कृपावादले गर्दा नै पार्टी र सरकारको निकै आलोचना हुने गरेको छ। जबसम्म पार्टीमा पैसाको चलखेल चलिरहन्छ, तबसम्म भ्रष्टचार रहिरहन्छ ।त्यसैले भष्टचारलाई जरा देखि नै उखालेर फाल्न अनुरोध गर्दछु।

अहिले कोरोना भाइरसले गर्दा विभिन्न उद्योग, कलकारखानाहरु चल्न पाएको छैन, जसको प्रत्यक्ष असर मजदुरहरुलाई परेको छ । मजदुरहरुको पहिचान गरेर सरकारले खाद्यन्न, दैनिक उपभोग गर्ने सामाग्री उपलब्ध गराइ दिन अनुरोध छ।

यतिखेर सरकारको धेरै नै आलोचना भएको कुरा आम मानिसलाई अवगत नै छ। त्यसैले छिटो भन्दा छिटो यस स्वास्थ्य सामाग्री किन्दा भएको भष्टचारलाई जनतालाई यथार्थ भनिदिन अपिल गर्दछु र सत्य साबित भए कानुनी कारबाहीको गर्न माग गर्दछु।

अन्तत: सरकारको निर्दिशिकालाई पालना गरौँ ! आफू पनि सुरक्षित रहौँ, अरुलाई पनि वचाउँ। धन्यवाद!

उही ,
दुई छाक रोटीको लागि परदेशिएको नेपाली।

– नविन उप्रेती, पोर्चुगल।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार