भोला लामिछाने, स्पेन।

स्पेनको बार्सिलोनामा निःशुल्क खाद्यान्न वितरण गरिएको छ । कोरोना माहीमारीले स्पेन लक डाउनसगै बार्सिलोनामा बसोबास गर्ने नेपाली समुदाय पनि घरभित्र दिन बिताउन बाध्य छन् । काम नपाएका, त्यै माथी लक डाउनले बाहीर निस्कन नसकेका समुदायको पिडा झनै कष्टकर रहेको अवस्थामा बार्सिलोना निवासी मधुसूदन लगायत ३ जना नेपाली दाजुभाईहरू मिली निःशुल्क खाद्यान्न वितरण गरिएको हो ।
बार्सिलोनामा रहेको यस ठेगानाबाट [C/ NOU DE LA RAMBLA, 126 (08004-BARCELONA)] करिब एकजनालाई एक महिना खान पुग्ने गरी अत्यावश्यक पर्ने खाद्यान्न सामाग्री वितरण गरिएको छ ।
हामी कुनै संघ संस्थामा लागेका छैनौ। समाचार बनाउन आवश्यक पनि भएन। फोटो पनी खिचेका छैनौ। जब २००७ मा बार्सिलोना आयौ, आफै इलिगल। मैले त्यो बेला काम नपाउदा जति दुख पिडा भोगे, त्यस्तो अवस्था पार गरेर आयौ। अहीले त्यही महशुष भयो त्यसकारण स्वत स्फुर्त सहयोग वितरण मा जुटेका छौ. ” मधुसुदनले बताए ।
नेपाली समुदायलाई लक्षित गरेर शुरू गरिएको उक्त खाद्यान्न वितरणमा ३० व्यक्ति नेपाली र पछी ईन्डीयन पाकिस्तानी बंगाली मेरोक्की समेत गरेर ७० जना पिडीतको लागी निःशुल्क खाद्यान्न वितरण गरिएको थियो ।
लक डाउन भएको करीब महिना दिन वितीसक्दा र यूरोपमै सबैभन्दा बढी मानवीय क्षति ब्यहोरेको स्पेनमा नेपाली समुदायद्वारा सामाजीक काम गर्छौ भनेर खोलीएका करिब ४० वटा संघ संस्थाहरूले यसरी घरभीत्रै बस्न बाध्य भएका पिडीतहरूका लागी सहयोग गरेको देखीएको छैन ।
ग़ैर आवासीय नेपाली संघ स्पेन ले अप्रील १ तारीख राहत वितरण गर्ने भनेतापनि आज ५ तारीख सम्म आउदा त्यो सुचनामा मात्र सिमीत भएको छ। नेपाली समुदायको अभिभावक बनेको नेपाली दूतावास म्याड्रिडले समेत पिडीतहरूका लागी ठोस राहतको कुनै निर्णय लिन सकेको देखीएको छैन। यो अवस्थामा केही व्यक्तिहरु मिलेर बार्सिलोनामा जुन निःशुल्क खाद्यान्न वितरण गर्नु भयो, यो निकै सर्हानिय काम रहेको हाम्रो नेपाल हामी नेपाली अभियानका स्पेन अध्यक्ष सन्त बहादुर क्षेत्रीले बताए ।
युरोप महादेशमै कोरोनाले निकै गाजेको स्पेनमा हाम्रा नेपाली समुदायका अगुवाहरू परेको बेलामा आर्थिक सहयोग देखि चाहीएको बेला समय पनी दिन्छु यसो उसो गर्छु, अनी समाजलाई यसरी अगाडी लग्छु भन्ने नेपाली समुदायका अगुवाहरू अझै साबुन पानीले हात धुने , मास्क लगाउने , हातमा स्यानेटाईजर लगाउने घरमै बस्ने अनी सुरक्षित रहने भन्नेमा नै अल्झेका छन्। भोको पेट घरभित्र कतिसमय रहन्छ, यसबारे कसैको ध्यान गएको देखीएन ।
















