बुढानिलकण्ठले सबैको कल्याण गरुन – आज कार्तिक ८ गते /अक्टोबर २५ को राशिफल

श्री शाके १९३९, बि. स. २०७४ साल कार्तिक ८ गते बुधबार इश्वी सन २०१७ अक्टोबर २५ तारीख कार्तिक शुक्ल पक्ष पञ्चमी तिथी प्रातः ०७:११ बजे सम्म पश्चात षष्ठी चन्द्रमा धनु राशिमा सूर्य दक्षीणायन शरद ऋतु –ज्यो.पं. सरोज घिमिरे,।

मेष राशि : चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मित्रजनहरु साथ सहयोग प्रयाप्त प्राप्त रहनाले कार्य सम्पादनमा सहजता रहनेछ । पराक्रममा बृद्धि हुने योग रहेकोछ । मान्यजनहरुको मार्गदर्शन अबलम्बन गर्दा भाग्योदय हुने समय रहेकोछ । यात्राका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । खुशीको खबरले मन प्रशन्न गराउला ।

बृष राशि : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

शारीरिक आलस्यताका कारण कामकाजका क्षेत्रमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ । स्वास्थ क्षेत्रको समस्या बढ्न सक्ने सम्भाबना रहेकोछ । बोलीका कारण सामान्य बाद बिवादको समस्याले सताउन सक्नेछ । नयाँ लगानिका क्षेत्रमा बिशेष सजग रहनु पर्ने समय रहेकोछ ।

मिथुन राशि : का, कि, कु, घ, ङ, छ, के, को, ह

ब्यापार ब्यवसायको क्षेत्रमा समय उत्तम देखिएकोछ । साजेदारीकार्यमा भने सजग रहनु होला । पारीवारीक साथ सहयोगमा रोकिएर रहेका कार्य सन्चालन गर्न समयले साथ दिनेछ । शारीरिक थकानको महसुस रहन सक्नेछ । सभासम्मेलन तथा भोजभतेरमा सहभागीता मिल्नेछ ।

कर्कट राशि : हि, हु, हे, हो, डा, डि, डु, डे, डो

स्वास्थ क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । प्रतिश्पर्दीहरुको बृद्धिहुनाले कार्य सम्पादनमा बिशेष साबधान रहनु उत्तम रहनेछ । सामाजिक कार्यमा अग्रसर रहने समय रहेकोछ । धार्मीक क्षेत्रको यात्राले मन प्रशन्न रहला । गरीरहेको कार्यमा मानसिक चन्चलताले गर्दा ढिलाई रहन सक्नेछ ।

सिंह राशि : मा, मि, मु, मे, मो, टा, टि, टु, टे

रचनात्मक कार्यमा समय ब्यतित रहनेछ । आफुभन्दा सानाको सहयोगले मन प्रशन्न रहला । बौधिक बिकासमा जुट्ने समय रहेकोछ । अध्यन अध्यापका निम्ती उत्तम समय रहेकोछ । मित्रजनहरुको साथ सहयोग द्वारा आर्य आर्जन उत्तम रहनेछ । सामान्य चोट पटकको सम्भाबना रहेकोछ ।

कन्या राशि : टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रिय मित्रजन सगँको भेटघाटले मन प्रशन्न रहनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । पारीवारिक साथ सहयोमा नयाँकार्य थालनिको सम्भाबना रहेकोछ । सभासम्मेलन जन्य कार्यमा मान सम्मान प्राप्तीको योग बन्नेछ । प्रेम सम्बन्धमा सुधार रहने योग रहेकोछ ।

तुला राशि : र, रि, रु, रे, रो, ता, ति, तु, ते

मनोरञ्जन पुर्ण यात्राको सम्भाबना रहेकोछ । रोकिएर रहेका कार्य सम्पादन हुनाले कार्यको श्रेय तपाईले प्राप्त गर्नु हुनेछ । मित्रजनहरुको प्रयाप्त साथ सहयोग प्राप्त हुनाले पराक्रममा बृद्धि भएको अनुभब हुन सक्नेछ । पारीवारिक सदस्यहरुबाट टाढा भएको महसूस रहनेछ ।

बृश्चिक राशि : तो, ना, नि, नु, ने, नो, या, यि, यु

नयाँ लगानी तथा दिर्धकालिन आम्दानिका क्षेत्रमा जुट्नु पर्ने समय रहेकोछ । बोलिको प्रभाबका काराण शुभचिन्तकहरुको बृद्धि हुने समय रहेकोछ । खानपानका कारण स्वास्थका क्षेत्रमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । हरकसैको पुर्ण बिश्वास उत्तम नरहला ।

धनु राशि :ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

नयाँ कार्यको थालनिले मन प्रशन्न रहला । आर्य आर्जनका श्रोत हरु फेला पर्नेछन । ब्यापार ब्यवसायमा सामान्य झन्झट आईपर्न सक्नेछ । परीवारका सदस्य मध्ये कसैको स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । सबारी साधनको प्रयोमा बिशेष सजग रहनु होला ।

मकर राशि : भो, ज, जि, खि, खु, खे, खो, गा, गि

स्वास्थका क्षेत्रमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ । तात्कालिन आर्थीक अभाबको सम्भाबना रहन सक्नेछ । तपाईको कार्यको श्रेय गैर ब्यक्ति हरुलाई सहजै प्राप्त रहनाले मानसिक तनाबको सामना गर्नु पर्नेछ । अरुको बिश्वास उत्तम नरहला ।

कुम्भ राशि : गु, गे, गो, सा, सि, सु, से, सो, द

आर्य आर्जनका बिभिन्न श्रोतहरु फेलापर्नेछन । अध्यन अध्यापनका निम्ती समय उत्तम रहकेकोछ । रोकिएर रहेको कार्य सन्चालन गर्न समयले साथ दिनेछ । प्रतिश्पर्दा जन्य कार्यमा अब्बल स्थान प्राप्त हुनाले मन प्रशन्न रहनेछ । भोज भतेरमा सरीक हुने अवसर प्राप्त हुनेछ ।

मीन राशि : दि, दु, थ, झ, ञ, दे, दो, च, चि

कार्य प्रतिको लगनशिलतामा बृद्धि हुनाले कार्य सहज बन्नेछन । मान्यजनको साथ सहयोग पुर्णरुपमा प्राप्त रहनेछ । भौतिक साधनको प्रयोमा समय ब्यतित रहनेछ । बौधिक ब्यत्तित्व हरु सगँको भेटघाटले मा प्रशन्न रहला । सभा सम्मेलनमा सहभागीता मिल्नेछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार