प्रविन धिताल, लिस्बन।

पोर्चुगलको ओदिमेरामा एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसंगै उनको सम्पर्कमा भएका १९ जनालाई क्वारेन्टाइनमा राखिएको छ। २६ मार्चबाट साओ तेतोनियो विद्यालयको खेल प्यभिलियनमा क्वारेन्टाइनमा राखिएका १९ जनामध्ये १७ जना नेपाली र २ जना भारतीय नागरिक थिए ।
क्रमित भएका व्यक्ति र क्वारेन्टाइनमा राखिएका १७ नेपाली सहित सबै १९ जना कृषि मजदुर भएको अधिकारीहरुले बताएका थिए ।
क्वारेन्टाइनमा भएका सबैमा कोरोनाको कुनै पनि लक्षण नदेखिएको र ल्याब परिक्षणबाट सबैमा कोरोना नभएको पुष्टी भएपछि स्वास्थकर्मी र सुरक्षाकर्मीको प्रत्यक्ष्य निगरानीमा भएका १७ नेपाली सहित सबै १९ जनालाई स्थानीय प्रशासनले घर जाने अनुमति दिएको छ।
स्थानीय प्रशासनको अनुमतिपछि क्वारेन्टाइनमा रहेका १७ नेपाली सहित सबै १९ जना आजै आ-आफ्नो घर फर्किएका छन्।
















