डोटीमा गोली प्रहार गरी एक महिलाको हत्या

डोटी |

डोटीमा गोली प्रहार गरि एक महिलाको हत्या भएको छ । गोली प्रहारबाट जोरायल गाउँपालिका–देउथलाकी २० वर्षीया अनिता वनको ज्यान गएको हो ।

प्रहरीले अनुसन्धानका लागि उनका श्रीमान २२ वर्षीय खडक वनलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका एसपी दिलिपसिँह देउवाका अनुसार अनिता र उनका श्रीमान मात्रै घरमा बस्दै आएका थिए ।

घटनाको अनुसन्धान भइरहेको एसपी देउवाले बताए । मृतक अनिताको छातीमा गोली लागेकोे छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार