पोर्तुगल : कोरोना संक्रमणको उपचारपछि रिकभर हुनेको संख्यामा दोब्बरले वृद्धि

लिस्बन।

पोर्चुगलमा कोरोना संक्रमणको उपचारपछि रिकभर हुनेको संख्या पछिल्लो २४ घण्टामा दोब्बरले वृद्धि भएको छ। पोर्तुगलमा १४० जना संक्रमित अस्पतालमा उपचारपछि सामान्य जीवनमा फर्किसकेका छन् । हिजोसम्म यो संख्या जम्मा ७५ थियो।

हालसम्म कोरोना संक्रमणबाट ३३१ को मृत्यु भएको छ भने ११ हजार ७३० संक्रमित भएको राष्ट्रिय स्वास्थ्य महानिर्देशनालयले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । संक्रमितमध्ये ६ हजार ६०१ महिला छन् । पुरुषको संख्या पाँच हजार १२९ रहेको छ ।

महानिर्देशनालयको तथ्याङ्कअनुसार संक्रमितहरुमध्ये एक हजार ९९ लाई अस्पताल भर्ना गरिएको छ भने २७० विरामी सिकिस्त छन् । ९१ हजार ७९४ जनालाई संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार