लिस्बन।
पोर्चुगलमा कोरोना भाइरसबाट हालसम्म ३४५ को मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा मात्रै थप ३४ जनाले ज्यान गुमाएका छन्।
हालसम्म संक्रमितहरुको संख्या १२ हजार ४४२ पुगेको छ भने पछिल्लो २४ घण्टामा मात्रै थप ७१२ जना संक्रमित भएका छन्।

४४४२ जनाको कोरोना परिक्षण भईसकेको तर ल्याबको नतिजाको पर्खाइमा छन्।
कोरोना संक्रमित भएका १२ हजार ४४२ मध्ये ११८० जना मात्रै अस्पतालमा भएका छन्। अस्पताल भर्ना भएकाहरुमध्ये २७१ जनाको उपचार सघन कक्षमा उपचार भईरहेको छ।
कोरोना संक्रमणपछि उपचार गरी निको हुनेको संख्या १८४ पुगेको छ। गत २४ घन्टामा मात्रै थप १४ जना रिकभर भएका छन्।
भौगोलिक हिसाबले हालसम्म पोर्चुगलको उत्तरी भागमा १८६ जना , मध्यभागमा ८८ जना , लिस्बन र तेजोमा ६४ जना र अल्गार्भमा ७ जनाको मृत्यु भएको छ।
१ जनवरी , २०२० देखि हालसम्म पोर्चुगलमा ९९ हजार ७३० जनाको कोरोना संक्रमण आशंकाका केसहरु रेकर्ड गरिएको छ।
#In Update
















