– गणेश पाण्डेय।
इन्टरनेट मान्छेको जीवनको एक अपरिहार्य साधन बनिसकेको छ। त्यस्तै सामाजिक संजालका विभिन्न माध्यमहरु पनि। हिजोआज इन्टरनेट र सामाजिक संजालमा विभिन्न समाचार र सुचनाहरु आईरहन्छन्। कयौ समाचार र सूचना सत्य हुन्छन् भने कयौ झुटा। कयौ समाचार र सुचनाहरुका आंशिक रुपमा सत्य हुन्छन् , कयौका कन्टेन्ट नै झुटा हुन्छन।
पोर्तुगलमा हिजोदेखि एउटा तस्बिरले नेपाली समुदायमा निकै तरंग ल्याईरहेको छ। तस्विर भाइरल नै भएको छ। तस्बिर थियो, पोर्चुगलका राष्ट्रपति मर्सेलो रेबेलो दि सौजाको। तस्बिरमा लेखिएको कन्टेन्ट थियो ,

” YOU’RE NOT WRONG…!
It’s really him, the president of the Portuguese Republic, the professor Marcelo Rebelo de Sousa, who was last night, making his contribution to the distribution of meals to the homeless of the city of Lisbon… He is a lucky man, because he has The “gift” of knowing how to internalize the word of God…”

कहिलेकाँही कुनै कुनै तस्बिर वा सुचनाले अनाहक तरंग पैदा गरिदिन्छ, यसले समाजलाई उत्तेजित पनि बनाउन सक्छ। कहिलेकाही दुर्घटना पनि निम्त्याउन सक्छ।
उक्त फोटो पोर्चुगलका राष्ट्रपति मर्सेलो रेबेलो दि सौजाको नै थियो। राष्ट्रपति स्वभावैले गरिबसंग जोडिएका छन् , कोमल हृदयका छन्, घरबिहिन र सडकमा वास भएका नागरिकका लागि बढी चिन्तित छन्। घराविहीन र सडकमा वास भएका नागरिकहरुलाई भेट्न, उनीहरुका समस्या सुन्न र सहयोग गर्न देशको उत्तरी पोर्तो देखि राजधानी लिस्बन मात्रै होइन, दक्षिणमा अल्गार्भका अन्तिम विन्दुहरू सन्तो अन्तोनियो भिला रियल र साग्रेससम्म पुग्छन्।
जसरी उक्त फोटोको कन्टेन्टमा राष्ट्रपति कोरोना महामारीको बेलामा घरविहिन र सडकमा वास भएका नगारिकहरुलाई खाना बाड्न र सहयोग गर्न हिजो नै रातमा निस्किएको भनिएको छ , वास्तवमा त्यो होइन। यो फोटो हिजोआज को ताजा फोटो नभएर सन् २०१७ अप्रिल ६ तारिख तिरको हो। फोटो सत्य हो , फोटोले दिन खोजेको सन्देश पनि ठिक हो तर फोटोको कन्टेन्टमा भएको समय र परिस्थिति गलत हो। यसले समाजलाई तरंगित मात्रै गर्दैन, उत्तेजना र दुर्घटना समेत निम्त्याउन सक्छ।

इन्टरनेट र सामाजिक संजालमा स्क्रोल गर्दा आउने सूचना, समाचार र जानकारीहरुको ” फ्याक्ट चेक ” गर्न जरुरी छ। समाजका अगुवाहरुले इन्टरनेटमा भएका कन्टेन्टहरु ” फ्याक्ट चेक ” नगरी त्यसलाई बढावा दिदा समाज गलत बाटोतर्फ डोरिन सक्छ। इन्टरनेट र सामाजिक संजालमा रोलिङ् भएका कन्टेन्टहरुलाई शेयर गर्दा वा आफ्नो धारणा व्यक्त गर्दा सावधानी अपनाउनु यसकारण पनि जरुरी छ कि , त्यहाँ गरिएका अभिव्यक्तिले व्यक्तिको बौद्धिक क्षमता पनि दर्शाउछ।
















