पोर्चुगल : एउटै केयर होममा बस्ने १५ जनाको कोरोना संक्रमणबाट मृत्यु , केयरहोमका सबै ७७ बृद्धबृद्धा र २२ जना कर्मचारी नै संक्रमित !

प्रविन धिताल, लिस्बन।

पोर्चुगलमा एउटै केयर होममा बस्ने १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

सोही केयरहोममा बस्ने अन्य ७७ बृद्धबृद्धा र २२ जना कर्मचारी सबै संक्रमित भएका छन्।

पोर्चुगलको उत्तरी भागमा पर्ने शहर अवेइरोको एक वृद्धाश्रममा सो घटना भएको हो।

उक्त केयर होम पोर्चुगलकै ठुलो केयर होम मध्येको एक हो।

संक्रमितहरुको उचित व्यवस्थापन र उपचार भईरहेको अवेइरोका मेयर जोसे रिबाउ एस्तेवेसले जनाएका छन्।

The Mayor of Aveiro, Mr. José Ribau Esteves

मेयर रिबाउले अहिले शहर नै नाजुक अवस्थामा रहेको बताएका छन्। उनले स्वास्थ्य महानिर्देशानालयलाई आरोप पनि लगाए कि , ” स्वास्थ्य महानिर्देशनालयले त्यहाँ प्रयाप्त मात्रामा स्वाब परिक्षण किट पठाउन सकेका छैनन् , जसले गर्दा अवस्था झन् जटिल भयो। ”

मेयरले भने कि , ” शहरका अन्य वृद्धाश्रम ( केयर होम) मा रहेका व्यक्तिहरुको स्वास्थ्य परिक्षण गर्नको लागि कुनै किट नै छैनन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार