भोलि र पर्सि काठमाडौं बाहिर जान पाइने, आउन भने नपाइने

काठमाडौँ ।

विगत १७ दिनदेखि काठमाडौं बाहिर जान नपाएका नागरिकले अब भोलि र पर्सि बाहिर जान पाउने भएका छन् । तर आउन भने नपाइने भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको उच्चस्तरीय समितिले सो निर्णय गरेको हो ।

सरकारले यी २ दिन काठमाडौं बाहिर जान पाइने भएपनि देशभरको लकडाउनमा कुनै परिवर्तन नगरिएको जनाएको छ ।

सरकारले देशव्यापी लकडाउनका कारण राजधानीमा रोकिएका नागरिकहरुलाई उपत्यकाबाहिर जानका लागि भोलि र पर्सि खुला गर्ने निर्णय गरेको हो ।

तर यी दिन आवतजावत कसरी व्यवस्थापन गर्ने भन्नेबारे भने सरकारले निर्णय गरिसकेको छैन । आज साँझ सम्म यसको तय गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार