पोर्चुगल : SNS 24 मा सम्पर्क नै हुन नसकेपछि आफ्नो फेसबुकमा गुनासो लेखेकी शिक्षिकाको कोरोनाले मृत्यु !

लिस्बन।

पोर्चुगलको स्वास्थ्य सेवाको चौबिसै घण्टा चल्ने हटलाइन SNS24 मा सहयोग र उद्धारका लागि फोन गर्दा सम्पर्क हुन नसकेको गुनासो गर्ने शिक्षिकाको कोरोना भाइरसका कारण मृत्यु भएको छ।

मृतक युरिया सिल्भा मातोसिंहोसको एउटा स्कूलमा शिक्षिका थिईन् । स्वास्थ्य सेवाको चौबिसै घण्टा चल्ने हटलाइन SNS24 मा सहयोगको लागि जति कोसिस गर्दा पनि सम्पर्क हुन नसकेपछि उनले आफ्नो फेसबुकमा गुनासो लेखेकी थिईन्।

४० बर्षीया युरिया सिल्भा गणित र बिज्ञान बिषयकी प्राध्यापक हुन्। उनी मातोसिन्होसमा फर्नांडो पिंटो डे ओलिवेइरा स्कूल समूहमा गणित र विज्ञान पढाउथिन् ।

उनको स्वास्थ्यस्थिति बिग्रिएपछि स्वास्थ्य सेवाको चौबिसै घण्टा चल्ने हटलाइन SNS24 मा दिनभरी फोन गर्दा पनि सम्पर्क हुन सकेन। अनेकौ प्रयास गर्दा पनि सम्पर्क हुनै नसकेपछि उनले फेसबुकमा गुनासो गरेकी सिएमले लेखेको छ।

पोर्चुगलको पछिल्लो अवस्था :

पोर्तुगलमा कोरोना भाइरस (कोभिड – १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ४०९ पुगेको छ ।

हालसम्म १३ हजार ९५६ संक्रमित भएको राष्ट्रिय स्वास्थ्य महानिर्देशनालयले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

पोर्तुगलमा २०५ जना संक्रमित अस्पतालमा उपचारपछि सामान्य जीवनमा फर्किसकेका छन् ।

महानिर्देशनालयको तथ्याङ्कअनुसार संक्रमितहरुमध्ये १,१७३ लाई अस्पताल भर्ना गरिएको छ भने २४१ विरामी सिकिस्त छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार