पोर्चुगल : दयनीय अवस्थामा एउटै गोदाममा राखिएका २६ नेपाली र भारतीय कृषी मजदुरको उद्धार , १८ जनामा कोरोना संक्रमण, अर्का ५६ जना क्वारेन्टाइनमा !

गणेश पाण्डेय / प्रविन धिताल, लिस्बन।

तवीराको क्रुज डो एरियालको एउटा गोदाममा दयनीय अवस्थामा बसोबास गरिरहेका १८ जना कृषि मजदुरहरू कोरोनाभाइरसबाट संक्रमित भएका छन्।

संक्रमितहरुमध्ये तीनलाई फारो अस्पतालमा भर्ना गरिएको छ। अन्यलाई तवीराको पार्की डे फिरास ई एक्सपोजिसमा क्वारेन्टाइनमा राखिएको छ।

सो समुहका एक ब्यक्ति घरबाहिर गएको समयमा हिड्दा हिड्दै बाटैमा ढले। उनलाई इमर्जेन्सी रेस्क्यु टिमले उद्दार गरी एम्बुलेन्समा फारो अस्पताल लगियो। स्वास्थ्य परिक्षण गर्दा उनमा कोरोना संक्रमणको पुष्टि भएपछि स्थानीय प्रशासनले उनको सम्पर्कमा भएका सबैको खोजी कार्य गर्यो।

उनीहरुको खोजी गर्दा ताविराको एक गोदाम घरमा दयनिय अवस्थामा राखिएका २६ जना भेटिए। मार्च महिनाको शुरुमा अलेन्तेजोबाट अल्गार्भ २६ जना कृषी मजदुरहरु गएका थिए। उनीहरुको समूहमा नेपाली र भारतीयहरु थिए। उनीहरुलाई बस्नको लागि तवीराको एक गोदाम घरमा कोचेर राखिएको थियो। सो समुहमा कति जना नेपाली र कति भारतीय भनेर प्रशासनले उल्लेख गर्न चाहेन।

पोर्चुगिज भाषा बोल्न र बुझ्न नसक्ने उनीहरुलाई उद्धारमा कठिनाइ भएको रेडक्रसले जनाएको छ। गोदाममा राखिएका २६ जना सबैको स्वास्थ्य परिक्षण गर्दा १७ जनामा कोरोना संक्रमण देखिएको तवीराका मेयर अना पाउला मार्टिनले पुष्टी गरेका छन्।

हाल ति सबै व्यक्तिहरुको नगरपालिका नागरिक सुरक्षा सेवा र रेडक्रसले अनुगमन गरिरहेका छन्।

उनीहरूको उपचार स्थानीय स्वास्थ्य केन्द्रमा भईरहेको छ।

यसैबिच कृषि मजदुरको अर्को ५६ जनाको समूहलाई कबानस दे तविरामा क्वारेन्टाइनमा राखिएको मेयर अना पाउला मार्टिनले पुष्टि गरेका छन्।

ति सबैलाई जीएनआर प्रहरीको निगरानीमा स्थानीय स्वास्थ्य केन्द्रका चिकित्सकहरूले उपचार गरिरहको बुझिएको छ।

५६ जनाको समुहमा कुन कुन देशका नागरिक छन् भन्ने कुरा मेयर मार्टिनले उल्लेख गर्न चाहेनन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार