– भोला लामिछाने

विश्वभर फैलीएर रहेका स्याङ्जालीहरू मिलेर बनेको समाजको अन्तराष्ट्रिय समन्वय समितिले जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई जिल्लाका ११ वटै स्थानीय तहमा पुग्नेगरी ५० थान पि.पि.इ. हस्तान्तरण गरेको छ ।
विश्वमा हाल २० वटा देशमा क्रियाशील स्याड्जा सहयोग समाजको केन्द्रीय समिती ले उक्त पिपीई हस्तान्तरण गरेको हो ।
समाजका संस्थापक अध्यक्ष अनन्तकुमार श्रेष्ठलेवर्तमान विश्व जगत नै कोरोना माहामारीबाट गुज्रिएको अवस्थामा सबै जनाले आफुले सक्दो सहयोग गर्दै एकजुट भएर कोरोनाबाटजोगिन र जोगाउन लाग्नु पर्ने बताएका छन् ।
प्रमुख जिल्ला अधिकारीले यस महामारीको अवस्थामा गरेको सहयोगको सरहना गर्दै सबै सहयोगमा यसरी जुटेमा मात्र यससंकटको सामाना हुने बताउदै संस्थाले तत्कालका लागि कारोना राहतकोषका रुपमा ५ लाखको कोष स्थापना गरेसगै समाजको यस कार्य उदाहरणीय रहेको भन्दै यस संकटको घडीमा सबै लाई यसरी नै एकजुट भई अगाडी बढ्न अनुरोध गरे ।
बिश्वभरी आंतंक को रूपमा फैलिरहेको कोरोनाले धेरै देशको अवस्था गम्भीर रहेता पनि जिल्लामा थप क्षतिहुन नदिन संस्थाका अध्यक्ष जीवन न्यौपानेले तत्काल आकस्मिक अनलाईन बैठक बोलाई जिल्लामा PPE बितरण र राहतकोष स्थापनामा जोड़ दिई समिति गठन गरेका थिए ।त्यसपछी आकस्मिक कोषमा बिभिन्न देशका एनसीसी तथा समाजका साथीहरूबाट उल्लेख्य सहयोग आईरहेको न्यौपानेले बताएका छन् ।
आईसीसी ‘को पिपिई हस्तान्तरण कार्यक्रम निकै महत्वपुर्ण रहेको बार्सिलोनाबाट महासचीव हेमन्त रानाभाटले बताएका छन् ।
















