एनआरएनए एनसीसी वन प्रोजेक्टद्वारा स्पेनका कोरोना पिडितलाई राहत वितरण ।

भोला लामिछाने, बार्सिलोना।

गैह्र आवासीय नेपाली संघ एनआरएन अन्तर्गत वान (एनसीसी वान) प्रोजेक्ट एवं महिला तथा युवा विभागले स्पेन बार्सिलोनाका कोरोना पीडित ब्यक्ति र परिवारलाई आज राहत वितरण गरेको छ ।

उक्त राहतमा १५ किलो सुपर वासमती चामल रहेको थियो । स्पेन लक डाउनको अवस्थामा पनि जोखिम मोलेर घरमै गएर राहत वितरण गरिएकोप्रति अमेरीका निवासी एनआरएन उपाध्यक्ष एवं प्रोजेक्टकी संयोजक रविना थापाले विशेष धन्यबाद दिईन् ।

पहिलो पटक गरेको आर्थिक संकलन अभियान बाट स्पेनमा कोरोना पिडितको लागी ३२ जनामा राहत वितरण गरिएको हो ।

एनआरएनए उपाध्यक्ष तथा विभाग संयोजक रवीना थापाको अध्यक्षतामा अप्रिल ६ तारिखमा बसेको टेलिकन्फरेन्स बैठकले तत्कालै राहत दिने गरी अर्थ संकलन अभियान सुरु गर्ने निर्णय गरेसगै हालै स्पेनमा रहेका कोरोना पिडितहरूले सहयोग पाएका हुन् ।

“स्पेनको स्थिती निकै भयाबह भएको समाचारहरू आईरहे हामीले हाम्रो मन थाम्न सकिनौ र तुरून्तै पहिलो प्राथमिकतामा राखेर स्पेनको लागी सहयोग पठाएका हौ” संयोजक थापाले थपिन् ।

एनआरएनए’का सबै राष्ट्रिय परिषद एनसीसीहरु, संघ–संस्थाहरु र विश्वभर रहेका नेपाली समुदायलाई यो अभीयान लाई बिरोध नगरी सहयोग गर्न अपील समेत गरेकी छिन् ।

“काम नै नगरी सुतीरहेको एनआरएनलाई हामीले काम गरेर देखाईदियौ। यो शुरूवात मात्रै हो। धेरै देशहरूमा सहयोग गर्नु परेको छ। हामी छिट्टै नै दोस्रो चरणको थप सहयोग गर्ने योजनाहरू बनाईरहेका छौ।” हाम्रो नेपाल हामी नेपाली संस्थाका अध्यक्ष एवं राहत वितरण संयोजक सन्त बहादुर क्षेत्रीले वताए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार