नक्कली प्रहरी बनेर यौनकर्मीलाई ब्ल्याकमेलिङ् गर्दै बारम्बार बलात्कार गर्ने पक्राउ

लिस्बन।

नक्कली प्रहरी बनेर यौनकर्मीलाई ब्ल्याकमेलिङ् गर्दै बारम्बार बलात्कार गर्ने एक व्यक्ति लिस्बनमा पक्राउ परेका छन्।

उनले यौनकर्मी महिलालाई कानुन उल्लंघन गरेको भन्दै पक्राउ पुर्जी देखाउदै ब्ल्याकमेलिङ् गर्ने गरेका थिए। निशुल्क यौन प्रस्ताव मानेमा छोडिदिने भन्दै ति व्यक्तिले यौनकर्मीहरुलाई बारम्बार बलात्कार गरेका थिए।

ति व्यक्तिले यौनकर्मीहरुको अपार्टमेन्ट पत्ता लगाउदै छापा मारेको बहाना बनाउथे। यौनकर्मीहरुलाई उनीहरुको अपार्टमेन्टमा पुग्दा प्रहरीको परिचय पत्रको कालो वालेट र नक्कली पक्राउ पुर्जी देखाउने गर्थे। त्यसपछि निशुल्क यौन प्रस्ताव स्वीकार गरे छोडिदिने भन्दै बारम्बार बलात्कार गर्थे।

कालो वालेटमा प्रहरीको नक्कली लोगो बनाएर टाँसेर राखेको अनुसन्धानबाट बुझिएको छ। त्यस्तै दुरुस्तै देखिने नक्कली पक्राउ पुर्जी बनाएर यौनकर्मीहरुलाई निशुल्क यौनका लागि ब्ल्याकमेलिङ् गर्दै आएका थिए।

पक्राउ परेका व्यक्तिको अपराधको जालो सम्बन्धमा न्यायिक प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार