पोर्तुगाली प्रधानमन्त्री एन्टोनियो कोस्टा लिस्बन बजारमा बिना मास्क र केवल एक पन्जामै किनमेल गर्दै भेटिए ( भिडियो )

लिस्बन।

पोर्तुगाली प्रधानमन्त्री एन्टोनियो कोस्टा लिस्बन बजारमा बिना मास्क र केवल एक पन्जामै किनमेल गर्दै भेटिएका छन्।

प्रधानमन्त्री कोरोनाभाइरस महामारी शपिंगको समयमा मास्क नलगाएर र केवल पन्जा मात्रै लगाएर किनमेल गरेको कसैले रेकर्ड गरेर सामाजिक सन्जालमा पोष्ट गरेपछि सर्बत्र आलोचना गरिएको छ।

प्रधानमन्त्री एन्टोनियो कोस्टा इस्टर सप्ताहमा एक स्थानीय बजारमा माछा खरिद गर्दै गर्दा उक्त भिडियो छायांकन गरिएको हो। प्रधानमन्त्री कोस्टाले क्वारेन्टाइनको केहि आधारभूत नियमहरू तोडेका छन् ।

भिडियोको प्रधानमन्त्रीले उनको नाक छोएको समेत देखिएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार