नेपाल पत्रकार महासंघ युरोपद्वारा कोरोनाको कहरका विषयमा अनलाइन अन्तरक्रिया

बेल्जियम ।

नेपाल पत्रकार महासंघ युरोप शाखाले भिडियो कन्फरेन्समार्फत पत्रकारको सुरक्षा र कोरोनाको कहरका विषयमा छलफल गरेको छ ।

भिडियो अन्तरक्रिया कार्यक्रममार्फत युरोपका विभिन्न देश, बेलायत र कतारका नेपालीको अवस्था, पत्रकारको क्रियाशिलतालगायतका विषयमा छलफल भएको हो ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आव्हानमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलगायतको सम्मानमा आयोजित एक मिनेट ताली बजाउने र राष्ट्रिय गान गाउने कार्यक्रमसमेत भिडियो कन्फरेन्समार्फत गरिएको थियो ।

कार्यक्रममा डेनमार्कका लागि नेपाली राजदूत युवनाथ लम्साल, नेपाल पत्रकार महासंघका लेखा समितिका संयोजक रोसन पुरी, महासंघका केन्द्रीय सचिव उदय जिएम, महासंघका पूर्व कोषाध्यक्ष सूर्यमणि गौतम, महासंघ बेलायत शाखाका अध्यक्ष नरेश खपाङ्गी मगरलगायत विभिन्न देशका सञ्चारकर्मी, एनआरएनएका प्रतिनिधिलगायतका सहभागिता थियो ।

अन्तरक्रिया कार्यक्रमको संचालन युरोप शाखाका महासचिव योगेन्द्र मिलन छन्त्याल र कार्यसमिति सदस्य रविचन्द्र भट्टराईले गरेका थिए । त्यस्तै महासंघ युरोप शाखाले स्पेनमा बस्ने नेपालीसँग पनि भिडियो अन्तरक्रिया गरेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार