हुम्लामा जन्मिए जुम्ल्याहा : नाम राखिए कोरोना र भाइरस

सिमकोट ।

हुम्ला सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालको प्रसूतिगृहमा सिमकोट गाउँपालिका वडा नं ८ याङ्गु गाउँकी वीरमता शाहीले जन्माएका जुम्ल्याहा शिशुको नाम कोरोना र भाइरस राखिएको छ ।

विश्वभरका अधिकांश राष्ट्रमा कोरोना फैलिएको र नेपालमा पनि यसको संक्रमणको त्रासका समयमा जन्मिएकाले तिनको नाम सोहीसँग मिल्दो राखिएको अस्पतालका सिनियर अनमी सरिता बोहराले बताए ।

अनमी बोहराका अनुसार पहिले जन्मेकी छोरीको कोरोना र पछि जन्मेको छोराको नाम भाइरस राखिएका छन् । सो नाम राख्नमा आमा र बुवा हस्तबहादुरले पनि सहमति दिएको जनाइएको छ ।

जन्मिँदा कोरानाको तौल दुई हजार पाँच सय केजी र भाइरसको एक हजार सात सय ग्राम रहेको अनमी बोहराले जानकारी दिए । अहिले जिल्ला अस्पतालको प्रसूतिगृहमा रहेका आमा र शिशुको स्वास्थ्य सामान्य छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार