श्री शाके १९३९ बि. स. २०७४ साल कार्तिक ९ गते बिहीबार इश्वी सन २०१७ अक्टोबर २६ तारीख कार्तिक शुक्ल पक्ष षष्ठी तिथी चन्द्रमा धनु राशिमा सूर्य दक्षीणायन शरद ऋतु छठपर्व डालापूजा-ज्यो.पं.सरोज घिमिरे, ।

मेष राशि :चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनाले अपजस खेप्नुपर्ला । अर्काको खुसिको लागी अनावश्यक पश्रिम खर्चीनुपर्नेछ । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा तथा अनावश्यक खर्च उत्पन्न हुनेछ । परीवारमा बिताएको समय फाईदा जनक रहला ।
बृष राशि : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
। मित्रजनको यथेष्ट सहयोग द्वारा आम्दानिका नँया स्रोत फेला पर्नेछन । खानपानमा ध्यान दिनु स्वास्थमा फाईदा जनक रहनेछ । मान्यजनको स्वास्थमा देखिएको खराबिले मानसिक तनाब उत्पन्न गराउला लापरबाहिले धनमालको क्षति ब्यर्होनु पर्ने सम्भाबना रहेको छ ।
मिथुन राशि : का, कि, कु, घ, ङ, छ, के, को, ह
प्राकृतीक स्रोत साधनको परिचालनबाट यथेष्ट लाभ उठाउन कुटुम्बको सहयोग आवश्यक रहनेछ । हतासमा गरिएको निर्णयको कारण दाम्पत्य जिवनमा खटपट उत्पन्न हुन सक्नेछ । अरुको कार्य सम्पादन मा प्रेरणाको स्रोत बन्न सकिएला । खानपानमा रुचि जाग्नेछ ।
कर्कट राशि : हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अनावश्यक यात्रा ले दिन झन्झट पुर्ण ब्यतित हुनेछ । तपाईको परोपकारी भाबनाको फाईदा अरुले उठाउनाले तपाई कमजोर रहने हुनु हुनेछ । अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन । अर्काको खुसिको लागी अनावश्यक समय र धन ब्यय गर्नु पर्नेछ ।
सिंह राशि : मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्थान परीबर्तनले मानसिक तबरमा समस्या आईपर्न सक्ला । यात्रा आम्दानि मुलक साबित रहला । आफु भन्दा सानाको सहयोगले गरीएका कार्यहरु फाईदा जनक रहनेछ । नयाँ कार्यको थालनिले मनमा उमंग छाउनेछ । सन्तानको स्वास्थमा आएको असरमा बृद्धि हुनेछ ।
कन्या राशि : टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पारीबारिक झोरझमेलाले सताउन सक्ला । मनोरञ्जनको क्षेत्रमा समय ब्यतित गर्नु पर्ने दिन रहेको छ । सामान्य कार्यको निम्ति ज्यादा परीश्रम र समय खर्च हुनेछ । आफ्नो कला कौशलता को प्रयोगले अरुको मन जित्न सफल रहिनेछ । हतासमा निर्णय नगरैकै बेश हुनेछ ।
तुला राशि : र, रि, रु, रे, रो, ता, ति, तु, ते
सामान्य परिस्थति बिकराल बन्नाले प्रिय ब्यक्ति हरु सगँ को सम्बन्ध टाढिएला । समय अनुरुप चल्न नसक्नाले कार्यमा झन्झट ब्यर्होनु पर्नेछ । जिबन साथिको खराब स्वास्थले कार्यक्षेत्र प्रभाबित रहन सक्नेछ । नेत्रृत्व गर्ने क्षमतामा बृद्धि तथा नेत्रृत्व गर्ने समय प्राप्त हुनेछ ।
बृश्चिक राशि : तो, ना, नि, नु, ने, नो, या, यि, यु
अरुको बिश्वास गर्नाले दाम्पत्य जिवनमा खटपट उत्पन्न हुनेछ । मान्यजनको पुर्ण सहयोगले कार्य सहज बन्ने छ । अपरीपक्क कार्यले सामान्य खर्च बढाउन सक्नेछ । खानपानमा बिषेश ध्यान दिनु होला । परीस्थीति सगँ जुध्नसक्ने क्षमताको खाचो महसुस हुनेछ ।
धनु राशि : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मानसिक खिन्नता रहेपनि देखाबटि प्रशन्नता आउनसक्ला । कार्यको क्षेत्रको बेवास्ताले गर्नाले मान्यजनलाई ठेश पुग्नेछ । पारीवारिक सरसल्लाहाबाट अगाढि बढाइएको काममा सफलता प्राप्त हुनेछ । हतारमा गरिएको निर्णयले पछि पछुताउनु पर्ने हुनाले सचेत रहि अघि बढ्नु होला ।
मकर राशि : भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मनोरञ्जनको क्षेत्रमा समय र धन खर्चनु पर्नेछ । आफ्नै कमजोरिले धनमालको क्षति ब्यर्होनु पर्नसक्छ ।सकरात्मक सोचको कारण सामुहिक दाहित्व हात लाग्नेछ । जिबन साथिको सहयोगले अचल सम्पति प्राप्तिको योग रहेको छ । मित्र सगँको अति सामिप्यता कष्टकर रहला ।
कुम्भ राशि : गु, गे, गो, सा, सि, सु, से, सो, द
अप्रत्यासित मित्रजन सगँको भेटले मन प्रफुल्लीत रहनेछ । बिश्वासिलो ब्यक्ति हरुबाट सामान्य धोका हुन सक्ला । नयाँ कार्यको थालनिलाई नयाँ योजनाको आवश्यक पन्र्न सक्ला । पारीवारिक साथ सहयोगले आम्दानि बृद्धि हुनेछ । अरुको कुरा सुन्ने बानिले झन्झट आईपर्ला ।
मिन राशि : दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आर्थीक समस्याबाट बच्न सकरात्मक सोचको आबश्यक पर्न सक्ला । तपाईको मानप्रतिष्ठामा आचँ आउन सक्ने सम्भाबना रहेको छ । परीस्थीति सगँ जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । परिवारको सहयोगले बौधिक तथा आर्थीक बिकासको बाटो फेला पर्ने छ ।
















