लिस्बन।

पोर्चुगलमा कोरोनाबाट निको हुनेको संख्यामा उल्लेख्य वृद्धि भएको छ। पछिल्लो २४ घण्टामा मात्रै ७० जना उपचार पश्चात रिकभर भएर घर फर्किएका छन्। हालसम्म ३४७ जना संक्रमित अस्पतालमा उपचारपछि सामान्य जीवनमा फर्किसकेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ३२ को मृत्यु भएको छ। हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५६७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५१४ जना कोरानाका संक्रमित थपिएका छन् । अहिलेसम्म पोर्चुगलमा १७ हजार ४४८ जनामा कोरोनाको संक्रमण देखिएको राष्ट्रिय स्वास्थ्य महानिर्देशनालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
महानिर्देशनालयको तथ्याङ्क अनुसार संक्रमितहरुमध्ये १२ सय २७ लाई अस्पताल भर्ना गरिएको छ भने २१८ विरामी सिकिस्त छन् ।
एक लाख ४२ हजार ५१४ जनालाई संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ ।
विश्वभर १९ लाख ३८ हजार व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ । यस्तै, एक लाख २१ हजार जनाको ज्यान गएको छ भने चार ६० हजार व्यक्ति उपचारपछि घर फर्किएका छन् ।
















