लिस्बन।

पोर्चुगलमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ज्यान गुमाउनेहरुभन्दा निको हुनेको संख्या धेरै छ।
पछिल्लो २४ घण्टामा ३२ जनाले ज्यान गुमाएको छन् भने हालसम्म ५९९ जनाले भाइरसकै कारण मृत्यु भएको छ।
महानिर्देशनालयले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार १७ हजार १०९ मा कोरोनाको सक्रिय संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा मात्रै ६४३ नयाँ संक्रमित थपिएका हुन् ।
यस्तै अहिलेसम्म ३८३ जना उपचारपछि घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा थप ३६ जना रिकभर भएर घर फर्किएका छन् । सोही अवधिमा ज्यान गुमाउनेको संख्या ३२ छ ।
स्वास्थ्य महानिर्देशनालयको तथ्यांक अनुसार पोर्चुगलमा विगत २४ घण्टामा मर्नेको संख्याभन्दा उपचारपछि घर फर्कनेको संख्या बढि छ ।
पोर्चुगलमा हालसम्म एक लाख ९१ हजार ६८० व्यक्तिमा कोरोनाको परीक्षण गरिएको छ ।
संक्रमित भएर अस्पतालमा उपचार भईरहेका २०८ जनाको अवस्था चिन्ताजनक छ।
विश्वभर अहिले महामारीकै कारण ज्यान गुमाउनेको संख्या एक लाख २८ हजार छ भने उपचारपछि घर पर्कनेको संख्या पाँच लाख नजिक छ ।
















