कैलालीमा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

कैलाली ।

# सांकेतिक तस्विर

कैलालीमा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।

भजनी नगरपालिकाकी १५ वर्षीया किशोरीमाथि मंगलबार साँझ गोठालो गएका बेला सामूहिक बलात्कार भएको हो ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–४ लालपुरफका २९ वर्षका रामकुमार चौधरी, २२ वर्षका मंगल चौधरी र ३१ वर्षका सुरेश कुमार चौधरी रहेका छन् ।

उनीहरुमाथि बलात्कार मुद्दामा अनुसन्धानका लागि कैलाली जिल्ला अदालतबाट १५ दिनको अनुमति लिइएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी दक्ष बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार