– भोला लामिछाने
गएको चार दिनमा स्पेनमा ८७ जनाले खाद्यान्न राहत पाएसगै यहाँ पिडामा परेका नेपाली समुदायको मुहारमा खुसी छाएको छ।

कोरोना महामारी बाट विश्व आकारान्त बन्दै गर्दा स्पेन पनि अछुतो रहेन । स्पेन लकडाउनसगै यहाँका नेपालीहरूपनि घरभित्रै बस्न बाध्य बने। महिना दिन भईसक्दा पनि घरभित्रै छन् उनीहरु। घर बाहीर निस्के पुलीसले जरिवाना तिराउछ।
केही मनकारी नेपालीहरुका कारण आफ्नो पिडामा मल्हम लागेको महशुस गरेका छन् स्पेनवासी पिडीत नेपालीहरूले । मनकारी समाजसेवीहरूका कारण राहत घरमै आउदा भने सबैको मुहार फरफुल्ल बनेको छ ।
“हामीले राहत वितरण गरिएका पिडितहरुको लागत राखेका छौ, तर उनीहरुको फोटो भिडियो सार्वजनिक गरिदिदा उनीहरुको पिडामा झनै पिडा थपिदिने र पिडामा मल्हम लगाउनुको साटो उल्टै उपहास हुने सम्झेर सबैको व्यक्तिगत स्वस्तान्त्रताको सम्मान गर्दै राहतको फोटो भिडियो सार्वजनिक नगर्ने निर्णय गरेका हौ।”
NRNA (वान एनसीसी वान ) प्रोजेक्टद्वारा स्पेनका कोरोना पिडितलाई ५०० यूरो बराबरको खाद्यान्न चामल सहयोग , यूरोपको जर्मनीबाट दिलु गुरूडको ६०० यूरो खाद्यान्न सहयोग , बेलायतबाट कुल आचार्य द्वारा ५०० यूरो बराबरको खाद्यान्न राहत सहयोग , बेल्जियमको लुभेनमा बसोबास गर्दै आएका लोक बहादुर राना मगरको १५५ यूरो वराबरको खाद्यान्न सहयोग , स्पेन बाट सुबु शाही द्वारा ५० यूरो बराबरको खाद्यान्न सहयोगले सगै सबै पिडितहरू खुसी भएका हुन्।
उक्त राहतमा एकरूपता ल्याईएको छ । ८७ जनालाई बराबर राहत वितरण गरिएको छ। सबै सहयोगी दाताहरूको सहयोग बार्सिलोनामा आफै खटिएर वितरण समेत गरिसकीएको संयोजक सन्त बहादुर क्षेत्रीले बताएका छन् । लकडाउनको अवस्थामा राहत वितरणमा निकै कठीनाई भएतापनि हामीले संयमित भएर स्पेन पुलीसको अनुमतिमा पिडितको हातैमा राहत बितरण गर्न पाउदा सबै खुशी भएको बताए ।
“हामीले राहत वितरण गरिएका पिडितहरुको लागत राखेका छौ, तर उनीहरुको फोटो भिडियो सार्वजनिक गरिदिदा उनीहरुको पिडामा झनै पिडा थपिदिने र पिडामा मल्हम लगाउनुको साटो उल्टै उपहास हुने सम्झेर सबैको व्यक्तिगत स्वस्तान्त्रताको सम्मान गर्दै राहतको फोटो भिडियो सार्वजनिक नगर्ने निर्णय गरेका हौ।” क्षेत्रीले बताए।
“वास्तविक पिडितहरुको पहिचान गरी समाजका अगुवाहरूको सहयोगमा प्राप्त सुचनाको आधारमा राहत दिएका हौ” म्याड्डीड निवासी एन सी सी को [वान एन सी सी वान ] प्रोजेक्ट की सदस्य सुन्दरी लामाले बताइन् ।
बिल्बाउमा हालसम्म कोरोना पिडित नेपाली नभएको त्यहा बाट गंगा राम सापकोटाले बताएका छन्। कोही पिडीत भेटीएर सम्पर्क गरेको खन्डमा जानकारी गराउने सापकोटा ले वताएका छन् । आगामी दिनहरूमा यूरोपका अन्य देशहरूमा सहयोग गर्ने सोच बनाईएको वितरण संयोजक सन्त बहादुर क्षेत्रीले बताए ।
















