– NRNARCCAlgrave

कोरोना भाइरस र यसले निम्त्याएको विषम परिस्थितिमा समुदाय र सरकारले एक अर्कालाई के कसरि सहयोग गर्न सकिन्छ भनेर अल्गार्भमा छलफल भएको थियो।
सो कार्यक्रममा पोर्चुगल सेफ-प्रमुख,कामरा म्युनिसिपल लोउलेका प्रेजिडेनण्ट,जि एन आर का अल्गार्भ प्रमुख,बम्बेरो अल्गार्भ प्रमुख,जुन्ता फरगेसिया क्वार्तेरा-भिल्लामौराका प्रेजिडेन्ट,अल्गार्भका CNAI प्रमुखहरुले बोलेकाथिए।कार्यक्रममा अनुबादकका रुपमा नेपाली समुदायका लागि कमल भट्टराईले सघाउनुभएको थियो।
NRNA RCC ALGARVE समेत सहभागि सो कार्यक्रम LOULÉ SEM FRONTEIRAS को आयोजनाम क्वार्तेरामा तथा आर्मोसाओ दि पेरा मा समेत सो कार्यक्रम सम्पन्न भएको हो।

पोर्चुगलमा आप्रवासी हेर्ने राज्य सचिव Claudia Ferreira को सम्बोधनपछि NRNARCCAlgrave ले निकालेका तथ्यगत निस्कर्षहरु :
-पोर्चुगिज नागरिकहरु धेरै समय पहिले देखि बैदेशिक रोजगारिमा जाने गरेको हुनाले श्रमिकको पिडा बुझेकाछन।
-यो भयाभह अवस्थामा आप्रवासीहररुलाई सक्दो रुपमा सघाउने सरकारि प्रयत्न भईरहेकोछ।
-लकडाउन अवधिभर रद्द गरिएका सम्पुर्ण मार्कासाओ हरु जुन ३० पछि क्रमबद्ध रुपमा रिस्याडुलिङ्ग गरिने ।
-१८ मार्च सम्ममा सेफ ईन्ट्रि गरिसकेकाहरुले साईटमा उपलब्ध बारकोर्डलाइ आईडेन्टिटिको रुपमा से्न्ट्रो दि साऊद,फिनान्स,सोसियाल,जुन्ता लगायतका सरकारि निकायहरुमा प्रयोग गर्न सकिने।
-जुन अन्तिम सम्म एक्सपाएर हुने कार्ड,लाईसेन्सहरु लाई भ्यालिड मानिने।
-खानाको लागि अप्ठेरो परेका जो कसैलाई पनि सरकारि स्तरबाटै ब्यवस्था गरिने।
-पोर्चुगलमा रहेका अत्याधिक आप्रवासीअरुलाई सामाजिक सुरछ्याको सुबिधाको सम्भाब्यता अध्यन भैरहेको।
-कुनै पनि असहज अवस्थामा जि एन आर मार्फत सहयोग लिन आग्रह गरिएकोछ।
-कोरोना बिरुद्धका सावधानिका सुचना सामाग्रि प्राय सरकारि निकायहरुको साईटमा नेपाली भाषामा समेत उपलब्ध छ।
-काम लगाउने कम्पनि वा मालिकले अहिलेको अवस्थामा अन्याय वा दबाब दिने जस्तो कानुन विपरित कार्य गरेको भए ए सी टी मा उजुरि गर्न आग्रह गरेकोछ।
-सोसल डिस्टेन्सलाई २ मिटर बनाईएकोछ।
-अत्यावस्यक काम बाहेक घर बाट बाहिर ननिस्किन र सामुहिक क्रियाकलापलाई बर्जित गरेकोछ।
-कोरोना बिरुद्धको लडाईमा सरकारि आग्रहलाई पालना गरेर सघाएकोमा सबैलाई धन्यबाद र धैर्य गर्न आग्रह गरेकोछ।
















