काठमाडौं ।

भक्तपुर लोकन्थलीमा अवस्थित समिट हस्पिटलको फार्मेसीले बढी मूल्यमा सर्जिल मास्क बचेपछि कारबाहीमा परेको छ ।
अस्पतालको फार्मेसीले बढी मूल्यमा मास्क बचेका कारण उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार २ लाख रुपैयाँ जरिवाना तिराइएको हो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार गरेको अनुमगनमा यस्तो भेटिएको हो ।
















