कोरोनाबाट युरोपियन युनियनमा पहिलो नेपालीको मृत्यु

पोर्चुगल।

नेदरल्याण्ड्समा एक नेपाली महिलाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ।

नेदल्याण्ड्सका बसोबास गर्ने ४० वर्षीय लक्ष्मी भट्टचनको कोरोना भाइरस संक्रमणबाट निधन भएको हो।

थकाली समाज बेल्जियमका सचिव रोशन शेरचनका अनुसार म्याग्दीको बेनी घर भएकी भट्टचनको शनिबार निधन भएको हो।

मृतक भट्टचनका दुई सन्तान छन्। उनी एक महिनादेखि बिरामी थिइन् । नेपालमा लक्ष्मीको घर म्याग्दी भएको बुझिएको छ ।

नेपालसहित विश्वभरि बस्ने थकाली समुदायमा कोरोना भाइरसबाट ज्यान गुमेको यो पहिलो घटना रहेको जानकारी सचिव शेरचनले दिएका छ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोबिड १९ उच्चस्तरीय समिति अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार हालसम्म बेलायतमा १७, अमेरिका ८, युएई २, आयरल्याण्ड १, जनाको ज्यान गएको एनआरएनएको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार