पोर्चुगल : ५४ प्रतिशत सघन कक्ष कोरोना संक्रमितले भरिए, चीनबाट तुरुन्तै ल्याईए ६६ भेन्टिलेटर

– गणेश पाण्डेय

पोर्चुगलमा कोरोना महामारीका कारण संक्रमित बिरामीहरुले देशभर व्यवस्थापन गरिएका अस्पतालहरु भरिएका छन्। पोर्चुगलमा हालसम्म कोरोनाबाट २१ हजार ३७९ जना संक्रमित भएका छन्।

संक्रमितहरुमध्ये एक हजार १७२ जनाको मात्रै असपतालमा उपचार भईरहेको छ। अस्पतालमा भर्ना भएका संक्रमितहरुमध्ये २३१ सिकिस्त छन् र उनीहरुको सघन कक्षमा उपचार भईरहेको स्वास्थ्य महानिर्देशनालायले जनाएको छ।

हाल पोर्चुगलमा उपलब्ध सघनकक्षको ५४ प्रतिशत बिरामीले भरिएका छन्। भबिष्यमा अझै बढी भेन्टिलेटर चाहिने निश्चित छ।

कोरोना संक्रमितहरुको संख्या बढ्दै गईरहेको र सघन कक्षमा उपचार गर्नुपर्ने बिरामीहरुको पनि संख्या बढ्दै गएकाले सरकाले थप भेन्टिलेटरको व्यवस्था गरेको छ।

बिमान चाटर्ड गरेर ल्याईयो भेन्टिलेटर :

पोर्चुगल सरकारले चीनबाट थप ६६ वटा भ्यान्टिलेटर ल्याएको छ । सरकारले विमान चार्टड गरेर उक्त सामाग्री ल्याएको हो ।

कोरोनाको महामारीबाट उत्पन्न परिस्थितीलाई ध्यानमा राख्दै सरकारले भ्यान्टिलेटरसहित श्वासप्रश्वास संरक्षण मास्क लगायतका अन्य मेडिकल उपकरण समेत ल्याएको छ ।

चीनबाट ल्याईएका ६६ भेन्टिलेटर देशका विभिन्न भागमा बाडिने स्वास्थ्य महानिर्देशानालयले जनाएको छ।

पोर्चुगल सरकारले चीनबाट ६५ वटा भ्यान्टिलेटर ल्याएको छ । सरकारले विमान चार्टड गरेर उक्त सामाग्री ल्याएको हो ।

कोभिन–१९ को महामारीबाट उत्पन्न परिस्थितीलाई ध्यानमा राख्दै सरकारले भ्यान्टिलेटरसहित श्वासप्रश्वास संरक्षण मास्क लगायतका अन्य मेडिकल उपकरण समेत ल्याएको हो ।

चीनबाट ल्याईएका ६६ भेन्टिलेटरमध्ये ४० भेन्टिलेटर राज्यको सबैभन्दा बढी प्राभावित क्षेत्र उत्तरी र मध्यभागमा व्यवस्थापन गरिने, २३ भेन्टिलेटर लिस्बन, तेजो, अलेंतेजो र अल्गार्भमा आवश्यकता अनुसार पठाईने छ भने अन्य ३ भेन्टिलेटर महानगरपालिकामा रहनेछन।

पोर्चुगलले चीनबाट ५०८ भेन्टिलेटर खरिद गरेकोमा पहिलो चरणमा ६६ भेन्टिलेटर पोर्चुगल आइपुगेको हो।

एकै दिनमा ३०७ जना कोरोना संक्रमित निको भएर घर फर्किए :

पोर्चुगलमा कोरोना भाइरसको संक्रमण देखिएपछिको अवस्थामा पहिलो पटक मृतकहरुको संख्याभन्दा निको हुनेको संख्या बढी भएको छ। यसले पोर्चुगलमा कोरोना संक्रमणको रोकथाम र उपचारमा निकै सकारात्मक संकेत देखिएको छ।

पोर्चुगलमा एकैदिन ३०७ जना संक्रमित उपचार पश्चात् निको भएर घर फर्किएका छन्। यो संगै रिकभर हुनेको संख्या ९१७ पुगेको छ , जब कि हिजोसम्म यो संख्या जम्मा ६१० थियो।

घट्दै मृत्युदर :

पछिल्लो २४ घन्टामा २७ जनाले कोरोन संक्रमणका कारण ज्यान गरेको छ। यो संगै हालसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या ७६२ पुगेको छ।

पोर्चुगलमा हालसम्म कोरोनाबाट २१ हजार ३७९ जना संक्रमित भएका छन्। पछिल्लो एक दिनमा ५१६ संक्रमित भएका छन्।

अस्पताल भरिभराउ , बेड खाली छैनन् :

संक्रमितहरुमध्ये एक हजार १७२ जनाको मात्रै असपतालमा उपचार भईरहेको छ। अस्पतालमा भर्ना भएका संक्रमितहरुमध्ये २३१ सिकिस्त छन् र उनीहरुको सघन कक्षमा उपचार भईरहेको स्वास्थ्य महानिर्देशनालायले जनाएको छ।

पाँच हजार नौ जनाको स्वास्थ्य परिक्षण भईसकेको र ल्याबको रिजल्टको पर्खाइमा छन्।

स्वास्थ्य महानिर्देशानालयका अनुसार २ लाख २ हजार ७६९ मा कोरोना संक्रमण हुनसक्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार