पोर्चुगलमा रेल र मालवाहक ट्रक एकआपसमा ठोक्कियो, एकको मृत्यु, केही घाइते ( भिडियो सहित् )

लिस्बन।

सन्तारममा अल्फा पेन्डुलर ट्रेन र मालवाहक ट्रक एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने र केही घाइते भएका छन् ।

मृतक व्यक्ति मालवाहक ट्रकका ड्राइभर भएको बुझिएको छ।

घाइते भएका सबैलाई सान्तरम अस्पतालमा लागिएको छ, जहाँ उनीहरुको उपचार भईरहेको आरटिपी ले जनाएको छ।

तर कति जना घाइते भए भन्ने बारे केही उल्लेख गरेको छैन।

कम्बियोज डी पोर्तुगलले सकुशल रहेका र अलपत्र रहेका सबै यात्रुहरुलाई बसमा गन्तव्यमा लागेको छ।

रेल पोर्तोबाट लिस्बनतर्फ आउदै गर्दा सन्तारममा दुर्घटना भएको हो।

पोर्चुगलको रेल उत्तरी सेवा ( Northern Line Service ) को दुबैतर्फको सेवा अवरुद्ध छ।


Video: RTP

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार