काठमाडाें ।

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सरकारविरुद्ध प्रतिरोध आन्दोलन घोषणा गरेको छ ।
लोकतन्त्र दिवसको अवसर पारेर संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाको सन्देश दिन प्रतिरोध आन्दोलन शुरू गरेको नेविसंघले जनाएको हो ।
नयाँ बानेश्वरस्थित संसद भवन अगाडि बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्णले नेपाली कांग्रेस लगायतका दलहरुलाई लोकतन्त्र रक्षाका लागि उत्रिन आग्रहसमेत गर्नुभयो ।
















