
टंक ख़ड्का
पोर्चुगल
श्रम आन्दोलन र लेबर मुभमेण्ट श्रमिक बर्गको एक सामुहिक रुपमा बिका्स गर्ने ट्रेड युनियन जस्ता संघटनको स्थापना गरी पेसागत श्रमिकहरुको अधिकार माग्ने साहसिक संगठनको अग्रसरतामा सन् १८८६ मा अमेरिकाको शिकागो आम-हड्ताल अनि सोहि समयमा हेय मार्केटमा भएको बम धमाका तत्पश्चात पुलिसले मजदूर माथि गरेको गोलाबारीका काराण ज्यान गुमाउने सम्पूर्ण मजदूरहरु प्रति उच्च सम्मानका साथ पसिनाको कमाइले छाक टरेको यो दैनिकीबाट एक हातले पसिना पुछ्दै एक हातले मुठ्ठी उठाउदै भावपूर्ण श्रदान्जली अर्पण गर्दै सम्मान प्रकट गर्दछु।
आफु माथि भएको पीडा र दुख पशुले पनि महशुस गर्दछ जो अरुको दुख र पीडालाई आफ्नै दुख्ख र पीडा ठानी सामाधानका लागि चुनौतीपूर्ण बाटो संघर्षलाई रोज्छन यिनैलाई महामानव भनिन्छ र उहाँहरुकै सम्मान अनि श्रद्दाका लागि यो शीर झुक्छ।संशोधनाबादीहरु सत्तामा पुगे मजदूरहरुलाई मतदाता बनाएर , पुजीपतिहरु विलासिताको जीवन ज्युछन मजदूरहरुलाई आफ्नो आधुनिक दास बनाई।
चाहे हरेक संघर्षबाट होस् या चाहे निर्बाचन मार्फत होस् राजनैतिक परिवर्तनमा मजदूर बर्गको सहभागिताले निर्णायक भूमिका खेलेको छ।
चाहे झण्डा र मशाल बोकी श्रमको सम्मान गर्ने साम्यवादी ब्यबस्था ल्याउन होस् चाहे निरिह अवस्थामा आफ्नै पसिना चुस्ने बर्गालाई सत्तामा पुर्याउदा होस् आम श्रमिकको निर्णायक र महत्वपूर्ण भूमिका देखिन्छ।किनकि यो विश्वमा मजदूरहरुको संख्या धेरै छ, चाहे शारीरिक श्रमिक होस् या चाहे मानसिक श्रमिक होस् आफ्नो मिहेनत र पसीना सस्तो मुल्यमा बेची छाक टार्न बाध्य छन्।हो ,रुसको समाजबादी आन्दोलनमा मजदूर, चाईनाको बर्ग संघर्षमा किसान , भारतमा माहात्मा गान्धीको सत्याग्रहमा गान्धीको पछाडी खालि खुट्टा हिड्ने पनि मजदूर नै हुन् , औद्योगिक क्रान्ति , आर्थिक क्रान्ती , बिज्ञान प्रविधिको क्रान्ती गर्ने मजदूरै हुन् किनकि बस्तुको रुप परिवर्तन गरी आकार दिने मेकर मजदूर नै हुन् ।
श्रम साध्य र उत्कृष्टता केहि व्यक्तिको बुझाईमा श्रमको महत्व अनि मे दिवसको सुरुवात
जुन राज्यमा मजदूरको सम्मान हुदैन जुन शासकले मजदूरका पसिनाको उचित मुल्य दिन सक्दैन त्यो शासकले कागजी रुपमा देशको नक्सा बिकसित भएको देखाए पनि भौतिक रुपमा बिकसित देखाउन मजदूरको श्रम बिना सम्भब छैन ।पत्थरमा हतौडाले हानेर मुर्तिको आकार दिने ईन्जिनियरले सुबिधा सम्पन्न ठाउमा बसेर प्रविधिको सहायताले बनाएको नक्सालाई कठिन भौगोलिक विकटताका बाबजुत जल , स्थल , आकासमा मानबले प्रयोग गर्ने गरि र देख्ने गरी तयार पार्ने मजदूरको स्रिजना र पसिनाले श्रमको साध्यता र उत्कृष्टता देखाउछ ।
जसले मजदूरलाई पछाडी राखेर राष्ट्र बिकासको योजना बनाउछ ऊ कदापि सफल हुदैन ।
जसले मजदूरलाई अगाडी राखेर योजना बनाउछ ऊ कहिल्यै असफल हुदैन ।
केहि मानिसले अमेरिकालाई प्रेम गर्छ भने अमेरिकाका मजदूरलाई घृणा गर्नु हुदैन – लिंकन
राष्ट्रिय आयमा वृद्धि श्रमिकको वृद्धि हो – स्मिथ
१ मे सन् १८८६ बाट अन्तराष्ट्रिय श्रमिक दिवस मनाउन सुरु भयो ।मजदूरहरुले दैनिक रुपमा ८ घण्टा काम गर्ने समय निश्चित भयो ।
मजदूरको पसिनामा पुजिपतीं समाज टिकेको छ ,आर्थिक उन्नति पनि उभिएको छ ।
बर्तमान युग मेशिनरी युग भए पनि मेसिनको संचालनमा मजदुरहरुको श्रमको आवश्यकता छ ।मे दिवस अगाडी मजदूरले दैनिक १०-१६ घण्टा काम गर्नुपर्थ्यो ।सन् १८६० को दशकमा कार्य स्थलमा चोटपटक लाग्यो अथवा मृत्यु भयो भने काम गर्ने घन्टाका बिषयमा आवाज उठाई मजदूरहरुले समाजबादीको प्रयासमा अमेरिकी संघ द्वारा सन् १८८४ मा सिकागो सम्मेलनबाट बैधानिक रुपमा ८ घण्टा काम गर्ने समय निर्धारण भयो ।
भारतमा मे १ सन् १९२३ मा श्रमिक द्वारा मे दिवस अर्थात मद्रास दिवस मनाउन शुरु भयो ।
जुन किसान मजदूर पार्टीका नेता कामरेड सिगराबेट चेट्यार ले सुरुवात गरेका थिए र अहिले पनि भारतमा तमाम मजदूरहरु यथावत छन् ।
तमाम श्रमिक पार्टी र संगठन खुलेका छन् , मजदूरलाई करदाता र मतदाता बाहेक अरु केहि दिन सकेनन ।
कागजी रुपले भारतमा सबैभन्दा धेरै श्रम कानुन बनेका छन् ।
श्रमिकहरुले अनुभूति गर्न पाउने गरी कार्यान्वायन भने भएका छैनन् जस्तै- श्रम संनिनियम , श्रम कानुन ,अधोगिक सनिनियम ,न्युनतम मुक्ती अधिनियम सन् १९४८ ,कोईलाखाना श्रमिक कल्याण कारी कोष अधिनियम सन् १९४७ , भारतीय गोदी श्रमिक अधिनियम सन् १९३४ र अर्को पनि एउटा श्रम कानुन छ जो अच्चमको छ जसको नाम हो मातृत्व लाभ अधिनियम सन् १९७१
यी प्रमुख र अन्य सहायक गरी भारतमा १२८ वटा श्रम तथा औधोगिक बिधान लागु भएका छन् ।
कानुन एउटा अधिकार पाउने सर्बमान्य नियम हो तर भारतमा श्रम कानुनले श्रमिक बर्गको पेट भर्न ,गास बास पाउने श्रमिक बर्गको उचित ज्याला दिन अहिले सम्म दिन सकेका छैन ।
युरोपमा श्रमिक आन्दोलनको सुरुवात औधोगिक क्रान्ति पछि भएको थियो जब कृषि क्षेत्रमा रोजगारीको अवसर गुम्दै गयो नया उधोग कल कारखानामा रोजगारिको अवसर सिर्जना भयो ।श्रमिक आन्दोलनको १९ औं शताब्दीको मध्य तिर बाट सक्रिय भयो
औधोगिक जगतमा बिभिन्न श्रमिक संगठनको गठन भयो ।सन् १८७१ पेरिसमा भएको मजदूरहरुको बिद्रोहले निकट भविष्यमा पेरिस कम्म्युनको गठन भयो ।त्यसपछि सन्सारैभरी श्रमिक संगठनहरु खुल्ने क्रम जारी भयो जस्तै –
सयुक्त राज्य अमेरिका मजदूर युनियन , स्वीडिस श्रमिक आन्दोलन , नेपाल मजदूर युनियन , जापान मजदूर युनियन , अष्ट्रेलिया श्रमिक आन्दोलन आदी ।
यसै क्रममा युरोपिय कालोनियोमा मजदूर संगठनात्मक गतिविधिमा वृद्धि भयो ,सन् १८३८-५० को ब्रिटिश चार्टिस्ट आन्दोलनलाई मान्न सकिन्छ। सन् १९९१ अष्ट्रेलियामा ब्रिटिश कालोनियोको सदस्यद्वारा स्थानिय श्रमिक दल गठन भयो पछि एकिकृत गरी हालको लेबर पार्टी अष्ट्रेलिया बनाइयो।सन् १८९३ कोबीस्ल्यांडमा गठन भएको पहिलो श्रमिक सरकार पनि श्रमिक आन्दोलनको बलियो नजिर बन्यो ।
ट्रेड युनियनको प्रस्ताब र स्वयम् श्रमिकहरुको प्रतिनिधित्व हुने गरी सन् १९९९ मा गठित ब्रिटिश लेबर पार्टीलाई पनि मजदूर आन्दोलनको एक महत्वपूर्ण कडी मान्न सकिन्छ ।
निष्कर्ष
दिर्घकालिन श्रम सिदान्तको बिकास गरौ , एक श्रमिकले अर्को श्रमिकको सम्मान गरौ ।
ड्राइभर श्रमिकले खलाशी श्रमिकलाई भेदभाब नगरौं ।
सपिङ्ग मलको टेलरमा लुगा सिलाउने श्रमिकले दूर दराज गाउका कृषि मजदूरलाई सम्मान गरौ ।
हाकिमको पदमा बहालले कार्यालय सहयोगीको सम्मान गरौ ।
सेफ कुकको सेतो लुगा लगाउनेले भाडा माझ्ने श्रमिकको सम्मान गरौ ।
शहरमा रिक्सा गुडाउनेले डाडा पाखाका भरियाहरुलाई सम्मान गरौ।
आफुले आफ्नो अधिकार माग्दा अरु माथि विभेद गर्यो भने हामीले कदापि अधिकार पाउन सक्दैनौ ।
सबै श्रमिकले आफ्नो पेसाबाट आएको आम्दानीले आफ्नै खुशीमा जीवन बिताएकै छन् ।
गाडी स्टाफले जस्तै गाउका मजदूरहरुले होटेलमा गई स्टाफ खाना नखालान तर खोले सिस्नो खाएर पनि बाच्नका लागि खाएर बाचेकै छन्।
हाकिमको जस्तो मम छोईला खाजाको रुपमा खान नसक्लान डाडा पाखामा भरिया गर्ने मान्छे तर मकै भटमास खाएर पनि निन्द्रा लाग्दा सुतेकै छन् ।
हो पेसा सानो ठुलो होईन स्थान र जिम्मेवारी फरक हो ।
जीवन आफ्नो हो , आफ्नो तरिकाले जिउने हो।
अपमान भेदभाब कसैलाई गर्ने होईन , सबैलाई सम्मान गरौँ ।
आफ्नो पेसागत अधिकार पाउन एकताबद्द हौँ ।
र अन्त्यमा मजदूर दिवशको शुभ कामना ।।















