पोर्चुगलमा कोरोना भाइरस : निको हुने बढे, मृत्युदर घट्यो

लिस्वन ।

पोर्चुगल सरकारले संकटकालको अन्त्य गरेसँगै मृत्युदरमा पनि निरन्तर गिरावट आएको राष्ट्रिय स्वास्थ्य महानिर्देशनालयले जनाएको छ ।

कोरोना भाइरसका कारण पोर्चुगलमा पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । जुन अघिल्लो दिनको तुलनामा नौ जनाले कमी हो । अहिलेसम्म पोर्चुगलमा एक हजार ७४ व्यक्तिले ज्यान गुमाइसकेका छन् ।

स्वास्थ्य महानिर्देशनालयका अनुसार मंगलबार नयाँ संक्रमितको संख्या १७८ मात्रै छ । जुन अघिल्लो दिनको तुलनामा ७८ जनाले कमी हो ।

महानिर्देशनालयका अनुसार मंगलबारसम्म पोर्चुगलमा एक हजार ७४३ जना उपचारपछि घर फर्किएका छन्। पछिल्लो २४ घन्टामा ३१ जना निको भएर घर फर्किए।

हालसम्म कुल संक्रमितको संख्या २५ हजार ७०२ पुगेको छ । २७६१ जना स्वास्थ्य परिक्षण पश्चात नतिजाको पर्खाइमा छन्।

संक्रमितहरुमध्ये ८१८ जनाको अस्पतालमा उपचार भईरहेको छ। १३४ जनाको उपचार सधन कक्षमा भईरहेको छ।

मृतकहरुमा पुरुषको भन्दा महिलाको संख्या बढी छ। कोरोना संक्रमणबाट मृत्यु हुने महिलाको संख्या ५४५ छन् भने पुरुषको संख्या ५२९ छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार