लिस्बन ।

पोर्चुगलमा आइसोलेशनमा बस्नुपर्ने कोरोना संक्रमित एक नेपालीले बाहिर हिडडुल गरेपछि उनको सम्पर्कमा रहेका १८ जना नेपालीसहित २४ जना क्वारेन्टाइनमा राखिएका छन्।
साओ तेओतोनिओमा संक्रमित भएका एक नेपालीले आइसोलेशनको नियम उल्लङ्घन गरेपछि २४ एशियन कृषि कामदारहरु क्वारेन्टाइनमा परेका छन् । ती संक्रमितसँग सम्पर्कमा रहेका सबैलाई सम्भावित जोखिम निरक्षण गर्न स्थानीय प्रशासन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुको समूहले ती कामदारहरुलाई क्वारेन्टाइनमा राखेका हुन्।
क्वारेन्टाइनमा १८ जना नेपाली, ३ जना पाकिस्तानी, दुईजना भारतीय र एकजना बंगलादेशी नागरिक रहेका छन् ।
उनीहरुलाई अग्रुपामेन्तु भर्टिकाल दि इस्कोला दी साओ तेओतोनिओमा अस्थायी शिविर बनाएर राखिएको छ ।
















