ट्रकले ठक्कर दिदा साइकलयात्री महिलाको मृत्यु

सिरहा ।

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सिरहाको गोलबजार नगरपालिका–४ मैनाबत्ति पुलमा ट्रकले किचेर एक महिलाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आइरहेको ना. ५ ख. ३३०९ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलयात्री धनगढीमाई नगरपालिका–१० की ३५ वर्षीया विन्दा साफीको बिहीबार बिहान मृत्यु भएको हो ।

साफी विष्णुपुर गाउँपालिकामा आफन्तकोमा गइरहेका बेला मैनाबत्ति पुलको विचमा एकैपटक दुईवटा ट्रक आएका बेला डराएर साइकल अनियन्त्रित भएपछि साइकल ट्रकमा ठोक्किएको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर जनक पुरिले जानकारी दिनुभयो । ट्रकले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

ट्रक र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहान लगिएको छ । ट्रक पोखराबाट विष्कुट बोकेर धरान जाँदै गरेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार