लिस्वन ।

पोर्चुगलको लिस्बन नजिकै चिकेन प्याकिङ गर्ने एउटै कम्पनीमा कार्यरत १२५ जनामा कोरोना संक्रमण देखिएको छ।
अजम्बुजास्थित अविप्रोन्तो चिकेन प्यकिङ कम्पनीमा २४० जना काम गर्छन्।
शुरुमा एक जनामा संक्रमण देखिएपछि उनको सम्पर्कमा भएका सबै ३८ जनालाई परिक्षण गरिएको थियो र ३८ जनामै कोरोना देखिएको थियो।
त्यसपछि सो कम्पनीमा काम गर्ने सबै २४० जनाको नै कोरोना परिक्षण गर्दा १२५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो।
अहिले सो कम्पनी सिल गरिएको छ।

यो क्षेत्र लिस्वनबाट करिब ५० किलोमिटर टाढा पर्दछ।
















