तनहुँ।

तनहुँकाे भानु ४ चुँदिगाउँमा चितुवाकाे आक्रमणबाट एकजना घाइते भएका छन् ।
चितुवाकाे आक्रमणबाट स्थानीय ३६ बर्षिय राम बहादुर कुमाल घाईते भएका छन् ।
बिहान करिब ३ बाजेको समयमा एक्कासि चितुवाले कुमाललाई आक्रमण गरेको थियो।
चितुवाले आक्रमण गरेपछि केहिबेर दोहोरो घम्साघम्सी भएको थियो।आक्रमण बाट कुमाल घाइते भएका छन् ।
ज्यान बचाउने क्रममा केही समयपछि स्थानीयको सहयोगमा चितुवालाई आक्रमण भएको स्थलमा मारिएको थियो।
घटनास्थलमा तत्काल ईलाका प्रहरी कार्यालय भानुका प्र ना नि पुर्ण बहादुर थापाको नेतृत्वमा प्रहरी टोलि र शसस्त्र प्रहरी बल मनकामना गण भानुको टोली पुगेको थियो।
आक्रमणबाट घाईते भएका कुमाल लाई उपचारका लागि पाेखराको गण्डकी प्रदेश क्षेत्रीय अस्पताल लगिएको र मृत चितुवालाई डिभिजन बन कार्यालय दमौलीबाट आएका सहायक बन अधिकृत बिजय चन्द्र देबकोटा सहित बनको टोलिले दमौली लागिएको छ ।
















