लिस्बन।

पोर्चुगल सरकाले सम्पूर्ण सांगीतिक महोत्सव र कार्यक्रममा प्रतिबन्ध लगाएको छ। मन्त्रिपरिषदको बैठकले अक्टोबरसम्म कुनै पनि किसिमको सांगीतिक महोत्सव र कार्यक्रममा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
पोर्चुगलमा कोरोना महामारी नियन्त्रण गर्न सो निर्णय गरिएको हो।
मन्त्रिपरिषद्को सो निर्णयले प्रख्यात सांगीतिक महोत्सवहरु पनि रोकिएका छन्। यो बर्ष रक एण्ड रियो लिस्बॊआ , बुम फेस्टिभल , सिनेस वर्ल्ड म्युजिक फेस्टिभल लगायत अन्य प्रसिद्ध सांगीतिक कार्यक्रमहरु हुने छैनन्।
यी सबै सांगीतिक कार्यक्रमहरु अर्को बर्षका लागि सारिएका छन्।
















