लिस्बन।

पोर्तुगालमा जनजीवन सहज बनाउन सरकाले लगाएको संकटकाल हटाएर लकडाउन प्रतिबन्ध अलि खुकुलो बनाएको पहिलो हप्ताको नतीजा उत्साहजनक भएको स्वास्थ्य मन्त्री मार्टा टेमिडोले बताएकी छिन् ।
“हामी लगभग डिफेन्मेन्टको पहिलो हप्ताको अन्त्यमा छौं। सामान्य रूपमा मलाई लाग्छ कि हामी सबैले सरकारका आग्रहरु बुझेका छौं र हामीले प्राप्त गरिरहेका रिपोर्टहरूबाट आएको नतिजा उत्साहजनक छ”, उनले नियमित प्रेस ब्रीफिंगमा बताइन्।
मन्त्रीले अगाडी भनिन् , ” हामी सबै सतर्क रहनुपर्दछ, र हाम्रो दैनिक व्यवहारसँगै सबै आवश्यक हेरचाह र सरकारले निर्देशन गरेको नियम पालना गर्नुपर्दछ।”
पछिल्लो तथ्यांक अनुसार पोर्चुगलमा २७ हजार ५८१ जना संक्रमित भएका छन्। एक हजार १३५ को मृत्यु भईसकेको छ भने २ हजार ५४९ जना उपचार पश्चात निको भएर सामान्य जीवनमा फर्किसकेका छन्।
















