पोर्चुगलमा समुद्री तटहरू गर्मी सिजनमा पनि बन्द रहनसक्ने

लिस्बन।

पोर्चुगलमा समुन्द्री तटहरु समरमा पनि बन्द रहनसक्ने चेतावनी सरकारी अधिकारीहरुले दिएका छन्।

बिशेषगरी पोर्चुगलका सानो समुद्री तटहरू गर्मी को लागी बन्द रहनेछन्।

गर्मी को अवधिमा साना समुन्द्री किनारहरुमा मानिसहरुको ठूलो जमघट हुन नदिन साना समुन्द्री किनारहरु बन्द गर्न सरकार विचार गर्दैछ।

अधिकारीहरूले भने कि समुद्र किनाराहरूको आकारको आधारमा उनीहरूको लागि बेग्लाबेग्लै नियमहरू हुनेछन्। कोरोनाको सम्भाव्य संक्रमण कम गर्न समुद्रीतट बार र रेस्टुरेन्टहरूमा मास्कको प्रयोग अनिवार्य हुन सक्नेछ ।

पोर्चुगलको सरकारले समुन्द्री किनाहरु खुल्ला गर्ने सम्बन्धमा अझै छलफल गरिरहेको छ। समुन्द्री किनारहरु खुल्ला गर्दा के कस्ता नयाँ नियमहरू अवलम्बन गरिनेछन भन्ने कुरा अझै छलफलमा छन्।

पोर्चुगलमा १ जुन’बाट आधिकारिक रुपले समुद्र किनारको मौसमको लागि सुरू हुन्छ, त्यसभन्दा पहिले नै यहाँको सरकारले समुन्द्री किनार खोल्ने बारे नयाँ नियमहरु सार्वजनिक गर्ने बिश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार