नेपालमा एउटै अस्पतालमा कार्यरत डाक्टरहरुबिच कुटाकुट

काठमाडौं ।

नेपालमा एउटै अस्पतालमा कार्यरत डाक्टरबीच कुटाकुट भएको छ। वीरगञ्जमा जुनियर चिकित्सकहरुको दुई समूहबीच च्याटमा भएको कुराकानीलाई लिएर कुटाकुट भएको हो ।

सामाजिक सञ्जालमा लेखेको स्टाटस र म्यासेजको विषयलाई लिएर भएको विवाद हात हालाहालसम्मको अवस्थामा पुगेको हो । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत जुनियर चिकित्सक डा. दीपक चौरसिया र नेशनल मेडिकल कलेजका डा. मधुरञ्जन सिंह पक्षबीच हात हालाहाल भएको हो ।

नारायणी अस्पतालका चिकित्सक बस्दै आएको टाउन हल क्वारेन्टाइन स्थलमै सिंह नेतृत्वको टोलीले विवाद गर्न पुगेका थिए । विवादको क्रममा सिंह नेतृत्वको टोलीको आक्रमणबाट नारायणी अस्पतालका चिकित्सक डा. दीपक चौरसिया सामान्य घाइते भएका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार