भारतबाट धनगढी नाका भएर नेपाल भित्रिने २ हजार ३ सयलाई खाना खुवाईयो

धनगढी ।

भारतबाट धनगढी नाका भएर नेपाल भित्रिने नेपालीहरुलाई खाना र पानी अभियान अन्तर्गत आज दिनभरीमा २ हजार ३ सय जनालाई खाना खुवाईएको छ ।

समाजसेवी श्याम तायलको अगुवाईमा जारी खाना पानी अन्तर्गत भारतका बिभिन्न शहरबाट गौरीफन्टा नाका हुदै आएका २ हजार ३ सय व्यक्तिलाई खाना र पानी उपलब्ध गराइएको हो ।

त्यस्तै नवदुर्गा माध्यामिक विद्यालय, त्रिनगर माध्यामि विद्यालयका क्वारेन्टाईमा रहेका करीव ३ सय व्यक्तिलाई समेत खाना र पानी खुवाईएको छ । त्यहाँ रहेका व्यक्तिलाई साँझ समेत खाना खुवाईनेछ ।

खाना अभियान अन्तर्गत यसरी एक दिनमा २ हजार ६ सय बढिलाई खाना खुवाईनेछ । आज दिनभरीमा भारतबाट आएका नेपाली र क्वारेन्टाईनमा रहेका व्यक्तिहरुलाई समेत गरी ४ सय कार्टुन पानी वितरण गरिएको थियो ।

राउण्ड टेबल नेपालका तर्फबाट भारतबाट आएका नेपालीहरुलाई आज खाना उपलब्ध गराईएको हो । राउण्ड टेबल यो अभियानमा निरन्तर रुपमा सहभागिता जनाउदै आएको छ ।

त्यस्तै युनिक सीड कम्पनीका तर्फबाट लक्ष्मीकान्त ढकाल र लोकराज जोशीले २ सय कार्टुन मिनरल वाटर वितरण गरिएको थियो । खाना पानी अभियान अन्तर्गत २ सय कार्टुन मिनरल वाटर वितरण गरिएको थियो ।

अभियानका अगुवा तायलले नेपालीहरु भारतबाट आउनेक्रम जारी रहेसम्म खाना पानी अभियान जारी रहने बताए ।भारतबाट आउने नेपालीहरु खाना र पानी खान नपाएर छटपटिएको देखेपछि शुरुवाती दिनदेखि नै यो अभियान अन्तर्गत खाना र पानी वितरण गरिदै आएको छ ।

यो अभियान अन्तर्गत पर्पल फाउण्डेसन काठमाण्डौंको तर्फबाट आज २ सय ५० जना महिलालाई सेनेटरी प्याड, साबुन, मास्क सहितको हाईजेनिक प्याक वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार